रियलमीको सर्भिस सेन्टर अब पोखरामा पनि

  • Technology Khabar | २६ श्रावण २०८०, शुक्रबार
रियलमीको सर्भिस सेन्टर अब पोखरामा पनि

काठमाडौं ।

स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं । नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरुलाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौथो सेवा केन्द्र स्थापना गरेका छौं । हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।”

यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पुर्याएकोछ। यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरु लगायत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्नेछन्।

त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरु छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्नसक्ने जुनैपनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनिले जनाएको छ।

पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्ने जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार