स्मार्टफोन बिक्री घटेपछि भारतीय कम्पनी माइक्रोम्याक्स विद्युतीय सवारीसाधनतर्फ अग्रसर

  • Technology Khabar | २६ श्रावण २०८०, शुक्रबार
स्मार्टफोन बिक्री घटेपछि भारतीय कम्पनी माइक्रोम्याक्स विद्युतीय सवारीसाधनतर्फ अग्रसर

काठमाडौं ।

केही वर्षअघिसम्म ठूला ह्यान्डसेट कम्पनीहरूमा संलग्न रहेको भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले विद्युतीय सवारी साधन निर्माणमा प्रवेश गर्ने योजना बनाएको छ।

हाल माइक्रोम्याक्सले चिनियाँ स्मार्टफोन निर्माताहरूसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ। यसैबीचमा कम्पनीका धेरै वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन्।

माइक्रोम्याक्सको स्मार्टफोन बिक्री घट्दै गएको छ। ईभी क्षेत्रमा यसले ओला इलेक्ट्रिक, एथर इनर्जी र म्याटर एरा जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

टेकक्रन्चको रिपोर्टअनुसार, माइक्रोम्याक्समा कामबाट हटाइनु र प्रमुख उत्पादन अधिकारी र प्रमुख व्यापार अधिकृत लगायतका वरिष्ठ अधिकारीहरूको राजीनामाको कारण इभी उत्पादनको लागि कम्पनीको योजना हो।

यो रिपोर्टमा माइक्रोम्याक्सका सह-संस्थापक विकास जैनले पनि कम्पनी छोडेको बताइएको छ। उनले दुई वर्षअघि माइक्रोम्याक्सका प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका राहुल शर्माको ठाउँमा आएका हुन्। राहुल कम्पनीका सह-संस्थापक पनि थिए।

करिब नौ वर्षअघि सामसङलाई पछि पार्दै माइक्रोम्याक्स भारतको स्मार्टफोन बजारमा अग्रणी कम्पनी बनेको थियो। कम्पनीले एन्ड्रोइडसँगै माइक्रोम्याक्सको मोबाइल अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोन पनि ल्याउने घोषणा गरेको थियो।

तर, यसपछि शाओमी, ओप्पो र भिभो जस्ता स्मार्टफोन कम्पनीहरूको आगमन र तिनीहरूको कम मूल्यले माइक्रोम्याक्सको कठिनाइ बढाएको छ र कम्पनीको बिक्रीमा भारी गिरावट आएको छ।

रिपोर्टकाअनुसार यस वर्ष कम्पनीका संस्थापक राजेश अग्रवाल, सुमित कुमार र विकास जैनले नयाँ फर्म ‘माइक्रोम्याक्स मोबिलिटी’ बनाएका थिए। यसमा कम्पनीका तीन भूतपूर्व कर्मचारीलाई उद्धृत गर्दै कम्पनीले विद्युतीय दुईपाङ्ग्रे सवारीमा केन्द्रित हुने बताएको छ। यसका लागि गुरुग्राममा कार्यालय स्थापना भईरहेको छ। तर, माइक्रोम्याक्सले इभी क्षेत्रमा प्रवेश गर्ने बारे कुनै घोषणा गरेको छैन।

भारतमा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको बजारमा प्रतिस्पर्धा बढेको छ। यसका प्रमुख कम्पनीहरूमा ओला इलेक्ट्रिक, एथर इनर्जी र म्याटर एरा पर्छन्। यो बजारमा ३८ प्रतिशत सेयरसहित ओला इलेक्ट्रिक पहिलो स्थानमा रहेको छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार