आईफोन १५ प्रोको बायोनिक ए१७ चिपसेटमा ६ जीबी र्याम राखिने

  • Technology Khabar | २६ श्रावण २०८०, शुक्रबार
आईफोन १५ प्रोको बायोनिक ए१७ चिपसेटमा ६ जीबी र्याम राखिने

काठमाडौं ।

आईफोन १५ सिरिज अर्को महिना आउने अपेक्षा गरिएको छ भने प्रो डुओमा नवीनतम ए१७ बायोनिक चिपसेट हुने अनुमान गरिएको छ।

एक टिपस्टर एटदरेट यूरेडिटरकाअनुसार, नयाँ प्लेटफर्म टीएसएमसीद्वारा ३एनएम फिनएफईटी प्रोसेस (प्रक्रिया) मा निर्माण गरिएको र यसमा ३.७ गीगाहर्जको टप फ्रिक्वेन्सी र ६ जीपीयू कोर्ससहितको ६ सीपीयू कोर्सहरू हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स ६ जीबी एलपीडीडीआर५ र्यामको साथ आउनेछन् भने त्यसलाई माइक्रोन वा सामसङ (वा दुबै) द्वारा आपूर्ति गरिने उल्लेख छ।

एप्पलले यस वर्षको प्रो मोडलहरूका साथै २०२४ को आईफोन १६ सिरिजहरूमा टी८१३० मोडल नम्बर भएको चिप प्रयोग गर्ने योजना बनाएको छ। साथै अर्को वर्षको प्रो फोनहरूले ए१८ प्लेटफर्म अन्तर्गतका टी८१४० प्रयोग गर्ने भनिएतापनि अहिले नै त्यस बिबरणको बारेमा उल्लेख गर्नु निकै चाँडो हुनेछ।

भर्खरै यूएसबी–सी केबल कनेक्टर लीकको पुष्टि भएको छ। नयाँ आईफोनहरूमा युनिभर्सल चार्जिङ पोर्ट हुनेछ। भेनिला १५ सिरिजमा यूएसबी २.० र १५ प्रो युनिटहरूमा फास्टर यूएसबी ३.२ कनेक्टर्स रहने उल्लेख गरिएको छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • २६ श्रावण २०८०, शुक्रबार