
काठमाडौं ।
शाओमी मिक्स्ड फोल्ड ३ हालसम्मकै सबैभन्दा पातलो होरिजेन्टल फोल्डेबल हुनेछ।
शाओमी सीइओ लेइ जुनले आगामी मिक्स्ड फोल्ड ३ का इमेजहरू पोस्ट गर्दै यसको स्लिम डिजाइनमा संकेत गरेका हुन्।
नयाँ फोल्डेबल शाओमी मिक्स्ड फोल्ड ३ ले अनफोल्ड गर्दा ४.९३ एमएम र फोल्ड गर्दा ९.८ एमएम मापन गर्ने बताइएको छ। यसको पुर्ववर्ती मिक्स फोल्ड २ क्रमशः ५.४ एमएम तथा ११.२ एमएम मापन गरिएको थियो।हालको सबैभन्दा पातलो तेर्सो फोल्डेबल अनर म्याजिक भी २ को साइज ४.७ एमएम तथा ९.९ एमएम रहेको छ। यसले शाओमीले अनरलाई उछिन्दै एक व्यापक हिन्ज रिडिजाइनको साथ आउने देखिन्छ।
नयाँ हिन्ज उच्च शक्तिको स्टील र वेयर रेसिस्टेन्स कार्बन सिरेमिकबाट बनेको उल्लेख छ। हिन्जले फोनलाई ४५ डिग्री र १३५ डिग्री बीचको कुनै कोणमा आधा खोलेर होल्ड गर्न सक्ने बताइएको छ। यसको स्थायित्व टीयूभी ह्रेन लेण्ड द्वारा परीक्षण गरिएको छ जसले यो ५००,००० फोल्डका लागि राम्रो प्रमाणित गरेको उल्लेख छ।
शाओमी मिक्स्ड फोल्ड ३ मा ८.०२ इन्च आन्तरिक डिस्प्ले तथा ६.५ इन्च कभर डिस्प्ले (एफएचडी प्लस), दुबै १२० हर्ज रिफ्रेस रेट भएको बताइएको छ, जुन मूलतया २०२२ मोडलको रूपमा समान डायमेन्सनहरू रहेका छन्।
फोल्ड ३ मा एक ५ एक्स पेरिस्कोप (११५ एमएम) र अर्को ३.२ एक्स टेलिक्यामराको साथ डुअल टेलिफोटो क्यामरा सेटअप हुनेछ। यी दुई प्लस मुख्य मोड्युलमा अप्टिकल इमेज स्टेबलाइजेसन तथा लेइका भेरिओ – सुमीकर्न लेन्सहरू पनि हुने उल्लेख छ।
ब्याट्री क्षमताबारे भने कुनै जानकारी छैन । यद्दपी शाओमीले फोन एक दिन (१.३४ दिन) सम्म राम्रो रहने दाबी गरेको बताइएको छ। लीककाअनुसार डिभाइसले ६७ वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङलाई समर्थन गर्ने उल्लेख छ। डिभाइस अगस्ट १४ मा लन्च हुनेछ।
प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार