Technology Khabar २५ श्रावण २०८०, बिहीबार
काठमाडौं ।
टाटा मोटर्स वर्तमानमा भारतमा सबैभन्दा धेरै इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको रुपमा रहेको छ। तर जौविक इन्धनको सवारीको बिक्रीको तुलनामा यो तथ्यांक अहिले पनि कम छ। यस्तोमा इलेक्ट्रिक कार सेगमेन्टमा आफ्नो उपस्थिति अझै मजबुत गर्ने योजनामा टाटा रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
टाटाले आगमी केही महिना भित्रमा ४ नयाँ इलेक्ट्रिक कार ल्याउँदै छ। जसमा नेक्सन ईभी, पन्च ईभी ह्यारिस ईभी तथा नयाँ जनरेशनको कर्भ ईभी एसयूभी रहेको छ। यी मध्ये सर्वप्रथम अपडेटेड नेक्सन ईभी ल्याइनेछ।
भर्खरै टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले सेयरधनीलाई सम्बोधन गर्दै कम्पनीले छिट्टै चार नयाँ इलेक्ट्रिक कार ल्याउने बताएका थिए। नेक्सन ईभी फेसलिफ्ट टेस्टिङको क्रममा देखिएको छ।
टाटा नेक्सन ईभी फेसलिफ्टको डिजाइन कर्भ कन्सेप्टबाट प्रेरित हुनेछ। क्र्भ कन्सेप्टमा उपयोग गरिएको नयाँ डिजाइन फिलोसफी ह्यारियर इभीमा पनि उपयोग गरिनेछ। यसमा भर्टिकल हेटलाइट, माथिल्लो भागमा एलईडी डीआरएल तथा नयाँ डिजाइनको ग्रिल दिइनेछ।
नेक्सन फेसलिफ्टको फ्रन्ट बम्परमा क्यामरा दिइनेछ। यसका साथै ओआरभीएमका लागि क्यामरा, ३६० डिग्री सराउण्ड भ्यू भोनिटर तथा ठूलो १०.२५ इन्च टचस्क्रीन दिइनेछ। यी सबै फिचर्स नयाँ नेक्सन ईभीमा पनि दिइनेछ।
टाटा माटर्स पन्च, ह्यारिस र कर्भको इलेक्ट्रिक भर्जन आगामी त्रैमासमा लन्च हुनेछ। पन्च ईभीमा धेरै अपडेट प्राप्त हुने विश्वास गरिएको छ र यसको प्रतिस्पर्धा हुन्डाईको आगामी एक्सटर ईभीसँग हुनेछ।
यस्तै टाटा मोटर्स कम्प्याक्ट एसयूभी सेगमेन्टमा कर्भका एन्ट्री गर्नेछ। कर्भ कन्सेप्टको अटो एक्सपोमा पेश गरिएको थियो। यो फ्यूचरिस्टिक डिजाइनमा आउनेछ। क्र्भको एडीएएससहित अधिकतम आधुनिक फिचर्स तथा प्रविधिका साथ ल्याइनेछ।
टाटा आफ्नो कार्बन फूटप्रिन्टलाई कम गर्ने योजनामा काम गरिरहेको छ। कम्पनीले २०३० सम्म प्यासेन्जर भेहिकल पोर्टफोलियामा ५० प्रतिशत इलेक्ट्रिक सवारी पुर्याउने लक्ष्य राखेको छ। जगुआर ल्याण्ड रोभरका लागि ६५ प्रतिशत लक्ष्य राखिएको छ।
प्रकाशित: २५ श्रावण २०८०, बिहीबार