सिंगटेलले सिंगापुरमा ५८ मेगावाटको डाटा सेन्टर निर्माण गर्दै

  • Technology Khabar | २५ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

सिंगापुरको दूरसञ्चार सेवा प्रदायक सिंगटेलले ‘डीसी टुआस’ नामक डाटा सेन्टर निर्माण सुरु गरेको छ।

सन् २०२५ मा सञ्चालनमा आउँदा, डीसी टुआसले भूमि, बिजुली र पानीको उपयोगलाई अनुकूलन गर्दै डिजिटल पूर्वाधारको मागलाई समर्थन गर्न ५८ मेगावाट आईटी लोड क्षमता प्रदान गर्नेछ।

सो डाटा सेन्टर सिंगापुरको उच्चतम ऊर्जा घनत्व, हाइपर-कनेक्टेड हरित डाटा केन्द्रको रुपमा हुने बताईएको छ।

डीसी टुआसले आठ तले, १ लाख २० हजार स्क्वायर-फुट सुविधा सिंगापुरको एकमात्र डाटा सेन्टर हुनेछ जुन केबल ल्यान्डिङ स्टेशनसँग एकीकृत छ।

प्रकाशित: २५ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया