काठमाडौं ।
नेटफ्लिक्सले नयाँ गेमिङ कन्ट्रोलर एप सार्वजनिक गरेको छ। नेटफ्लिक्सले आईओएस र आईप्याड डिभाइसका लागि एप स्टोरमा गेमिङ कन्ट्रोल एप सार्वजनिक गरेको हो।
एपले प्रयोगकर्ताहरूलाई उनीहरूको फोन वा ट्याब्लेट जडान गरेर नेटफ्लिक्सबाट समर्थित गेमिङ शीर्षकहरू उनीहरूको टिभीमा खेल्न अनुमति दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
रिपोर्टका अनुसार एप हालसम्म प्रयोगमा आईसकेको छ। प्रयोगकर्ता नेटफ्लिक्सको फाइनल टपको प्रतिक्षामा छन्। कन्ट्रोलर लेआउटले बायाँ तर्फ दिशात्मक स्टिक र दायाँमा ए–बी–एक्स–वाई बटनहरू साथै बीचमा नेटफ्लिक्स र मेनु बटनहरू समावेश छन्।
गेमिङ कन्ट्रोलर एन्ड्रोइड भर्सन कहिले जारी हुने भन्ने खुलाइएको छैन। नेटफ्लिक्स गेम्सले अब बिना कुनै विज्ञापन र बिना इन एप खरिद ५० भन्दा धेरै मोबाइल गेम्स समर्थन गर्छ।
यो सेवा प्रत्येक नेटफ्लिक्स सदस्यताका साथै एन्ड्रोइड फोन र ट्याब्लेट साथै आईफोन, आईप्याड र आईपोड टच डिभाइसमा काम गर्दछ।
प्रकाशित: २५ श्रावण २०८०, बिहीबार