
काठमाडौं ।
मलेशियन अपरेटरहरूले प्रति महिना ६० मलेशियन रिंगिटको दरमा देशभर फाइभजी सेवाहरुको बन्डलहरू सुरू गर्ने भएका छन्।
मलेसियन अपरेटरहरू सेलकमडिजी, म्याक्सिस, टीएम (युनिफाइ मोबाइल), यू मोबाइल, र वाइटीएलसी कम्युनिकेसन्स (यस) ले बुलान केबाङ्सानसँगको संयोजनमा पाकेज ५जी रहमाह र इन्सेन्टिफ पाोस्टपेड राहमाह पेन्जावात अवाममा सरकारको हालैको घोषणाको स्वागत गरेका छन्।
सञ्चालकहरूले संयुक्त रूपमा घोषणा गरेर उनीहरूले डिजिटल विभाजनलाई कम गर्ने प्रयासमा सस्तो कनेक्टिभिटी र उपकरणहरूमार्फत सरकारको ‘इकोनोमी मदानी फ्रेमवर्क’लाई समर्थन गर्ने योजना बनाएका छन्।
उपलब्ध प्याकेजहरूका लागि ग्राहकहरूलाई आफ्ना सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटहरू जाँच गर्न सल्लाह दिइएको छ। त्यहाँ राहमाह ५जी ६० जीबी पोस्टपेड प्याकेज प्रति महिना न्यूनतम६० आरएम अर्थात रिंगिट जति हुनेछ भने २४० रिंगिट जतिमा 5५जी फोनसँग बन्डल गरिएको छ। बी४० श्रेणीका पहिलो १ लाख ग्राहकहरूले १२० आरएम भन्दा कममा नै एक बण्डलिंग सेवा प्राप्त गर्न सक्छन्।
यसका साथैनिजामती कर्मचारीहरूको लागि राहमाह (RAHMAH) पोस्टपेड प्रोत्साहनको लागि, तिनीहरूले प्रति महिना १० रिंगिटको छूट प्राप्त गर्न सक्ने उल्लेख छ।
प्रकाशित: २५ श्रावण २०८०, बिहीबार