भिभो प्याड एयरको डिजाइन र विशेषताहरु खुलासा

  • Technology Khabar | २५ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

भिभो प्याड एयरको डिजाइन र विशेषताहरु खुलासा भएको छ। भिभो चाइनाको भीपीद्वारा प्रस्तुत किफायती ट्याब्लेट भिभो प्याड एयरका डिजाइन तथा विशेषताहरु खुलासा भएका हुन्।

जानकारीका अनुसार, नयाँ ट्याब्लेट ठूलो ब्याट्री भएको हलुका डिभाइस हुनेछ। अधिकारीकाअनुसार यसमा ३:२ रेसियोको स्क्रिन हुने बताइएको छ, जुन “सिक्नका लागि उत्तम छ”।

ट्याब्लेट फ्री ब्ल्यू, ब्रेभ पिंक, र इजी सिल्भर तीन रंगहरूमा उपलब्ध हुने बताइएको छ। पछाडि, ओरियो आकारको आईल्याण्डमा एउटा क्यामरा र एलईडी फ्ल्यास देख्न सकिनेछ।

ट्याब्लेट २.८ के रिजोल्युसनको साथ ११.५ इन्च एलसीडी तथा २८८० x १८०० पिक्सेल युक्त हुने र यसले १४४ हर्ज अनुकूल रिफ्रेस दरलाई समर्थन गर्नेछ।

चिपसेट क्वालकम स्न्याकड्रयागन ८७० युक्त हुनेछ। ७ एनएम प्रोसेस टेक्नोलोजीमा निर्मित चिपसेटमा ३.२ गिगाहर्जमा एउटा कोर भएको प्राइम सीपीयू रहेको बताइएको छ।

ट्याब्लेटमा ८,५०० एमएएच ब्याट्रीका साथमा ४४ वाट चार्जिङ सपोर्ट हुनेछ। डिभाइस केवल ६.६७ मिमी मोटाई हुने तथा ५३० ग्राम वजन हुनेछ। यसले भिभो पेन्सिललाई समर्थन गर्ने तथा नवीनतम ओरिजिन ओएस ओएस चलाउने उल्लेख छ।

भिभो प्याड एयर कहिले अनावरण हुन्छ र यसको लागत कति हुनेछ भन्ने बारे भने जानकारी छैन।

प्रकाशित: २५ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया