Technology Khabar २५ श्रावण २०८०, बिहीबार
काठमाडौं ।
ओप्पो फाइन्ड एन ३ फ्लीपले ६७ वाट चार्जिङ समर्थनका साथ ३ सी प्रमाणीकरण प्राप्त गरेको छ।
प्रमाणीकरणले कम्पनीबाट नयाँ फ्लिप-शैलीको फोल्डेबलमा चार्ज गर्ने गतिको जानकारी गराएको हाे ।
ओप्पो फाइन्ड एन ३ फ्लीपलाई ३ सी द्वारा चीनमा मोडेल नम्बर पीएचटी ११० को साथ बिक्रीको लागि प्रमाणित गरिएको थियो। यो चिनियाँ बजारमा विशिष्ट मोडल नम्बर रहेको तथा अन्तर्राष्ट्रिय मोडल नम्बर भने फरक हुन सक्ने उल्लेख छ।
प्रमाणीकरणकाअनुसार, फाइन्ड एन ३ फ्लिपले ६७ वाट वायर्ड चार्जिङलाई समर्थन गर्नेछ। यसलाई फाइन्ड एन २ फ्लिपको ४४ वाटबाट महत्वपूर्ण कदम मानिएको छ।
गत जुनमा, फाइन्ड एन ३ फ्लिपको एक लीक रेन्डरले यसको पूर्ववर्तीसँग मिल्दोजुल्दो डिजाइन प्रस्तुत गरेको थियो,जसमा बाहिरी स्क्रिन समान देखिन्छ। यसले ओप्पोको फ्लिप-शैली फोल्डेबललाई एक पुस्तामा, सबैभन्दा ठूलो ‘कभर डिस्प्ले’ भएको एउटाबाट सबैभन्दा सानो भएकोमा लैजाने बताइएको छ।
फाइन्ड एन ३ फ्लिपमा तेस्रो क्यामरा सुविधा पनि थपिने बताइएकाे छ। सम्भवत याे ‘टेलिफोटो स्न्यापर’ हुनेछ। यसलाई फाइन्ड एन ३ फ्लिपकाे धेरै फरक सुविधाको रुपमा लिइएको छ।
फाइन्ड एन ३ फ्लिपले सामसङ ग्यालेक्सी जेड फ्लीप ५ र मोटोरोला रेजर ४० अल्ट्रालाई पछाडी पार्नसक्ने उल्लेख छ।
प्रकाशित: २५ श्रावण २०८०, बिहीबार