चीनले गृह मन्त्रालयलाई २१ थान ड्रोन दिने

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
चीनले गृह मन्त्रालयलाई २१ थान ड्रोन दिने
सांकेतिक तस्बिर

काठमाडौं ।

चीन सरकारले गृह मन्त्रालयलाई २१ थन ड्रोन दिने भएको छ।

मंगलबार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले चीनले उपलब्ध गराउने २१ थान ड्रोन स्वीकार गर्ने निर्णय गरेको हो।

चीनको तिब्बत स्वायत्त क्षेत्रको सार्वजनिक सुरक्षा विभागले गृह मन्त्रालयलाई प्रदान गर्ने अनुदान सहायता अन्तर्गत सुरक्षा उपकरण अन्तर्गत प्राप्त हुने वस्तुगत २१ थान स्वीकार गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन्।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार