अब मासिक १०० रुपैयाँमा नै डिशहोम हेर्न पाइने

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
अब मासिक १०० रुपैयाँमा नै डिशहोम हेर्न पाइने

काठमाडौं ।

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ।

यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्ने बताईएको छ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसंगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्ने डिसहोमले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार