
काठमाडौं ।
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ।
टेलिकमले बुधवार सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ।
टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ।
कसैले भेटेको खण्डमा नजिकैको नेपाल टेलिकमको कार्यालयमा बुझाईदिन समेत अनुरोध गरेको छ।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार