नेपालमा पहिलोपटक अल्टिमा एक्सचेन्ज मेला, पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाउने

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
नेपालमा पहिलोपटक अल्टिमा एक्सचेन्ज मेला, पुरानो ईयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाउने

काठमाडौं ।

वेयरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित अल्टिमा लाइफस्टाइलले आफ्नो ग्राउन्डब्रेकिंग पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ।

अल्टिमाले अडियो प्रेमीहरुका लागि उत्कृष्ट २– दिने महोत्सव आयोजना गर्दैछ, जहाँ लामो समय देखिका प्रशंसकहरु र नयाँ आगमनहरु दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्नेछन् ।

सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन हुने अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्ने बताईएको छ।

यस विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न प्रोत्साहित गर्दछ ।

यस टप अफ द लाइन ट्रू वायरलेस स्टेरियो टि डब्लु एस रु.१,१९९ मा उपलब्ध छ र यो अडियोमा आधुनिककिरण अनुभव गनहरुर्कोे लागी एक विशेष अवसर हो ।

अल्टिमा एटम ८२० आफ्नो असाधारण विशेषताहरुको लागि परिचित छ, २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएम बास बूस्टेड अडियो पर्यावरणीय आवाज निराकरण र वायरलेस अडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार