
काठमाडौं ।
चिनियाँ टेक जायन्ट शाओमीले चीनमा आफ्नो नयाँ शाओमी स्मार्ट डिस्प्ले ८ प्रो सार्वजनिक गरेको छ।
उक्त नयाँ स्मार्ट डिस्प्ले गत वर्ष अप्रिलमा लन्च गरिएको स्मार्ट डिस्प्ले १० का साथै गत वर्ष कै जुलाईमा लन्च गरिएको स्मार्ट डिस्प्ले ६ को सक्सेसर भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
स्पेसिफिकेसन्स्का सन्दर्भमा शाओमी स्मार्ट डिस्प्ले ८ प्रोमा ८ इन्चको एउटा एलसीडी स्क्रिन रहेको छ। स्मार्ट होम डिभाइस केन्द्रीय गेटवेको साथ स्थानीय रूपमा प्रयोग गर्न सकिने उल्लेख छ। साथै यो स्मार्ट डिस्प्ले ८ प्रो एमआईयूआई होम ओएस मा पनि रन हुने र अन्य स्मार्ट होम ग्याजेटहरू नियन्त्रण गर्न प्रयोग गर्न सकिने छ।
त्यसका साथै डिभाइसलाई संगीत र भिडियो स्ट्रिमिङ ग्याजेटको रूपमा पनि प्रयोग गर्न सकिने उल्लेख छ। डिभाइसमा विशाल बिल्ट–इन ७५०० एमएएच ब्याट्री समावेश गरिएको हुनाले डिभाइसलाई लामो अवधिको लागि प्रयोग गर्न सकिने छ।
शाओमीले डिभाइसको सम्पूर्ण हार्डवेयर विवरणहरू प्रस्तुत गर्न बाँकी नै रहेको भए तापनि यो डिभाइस यसको पूर्ववर्ती जस्तै समान फङ्गसन्ससहित आउने अपेक्षा गरिएको छ। सो फङ्गसन्स्मा क्रस–डिभाइस भिडियो कलहरूको लागि समर्थन, मोबाइल फोनहरू, टिभीहरू र होम स्क्रिनहरूको इन्टरसेक्सन र होमको रिमोट सर्भिलेन्स (निगरानी) को लागि समर्थन समावेश रहेको उल्लेख छ।
३,००० भन्दा बढी स्मार्ट डिभाइसेजको लिङ्केज नियन्त्रणको अतिरिक्त, बिल्ट–इन इन्फ्रारेड रिमोट कन्ट्रोलले परम्परागत होम अप्लाइन्सेसलाई सेकेन्डमा नै स्मार्ट बनाउन सक्ने दाबी गरिएको छ।
शाओमी स्मार्ट डिस्प्ले ८ प्रो आगामी अगस्त महिनाको ८ तारिखमा प्रि–सेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ। यो स्मार्ट डिस्प्ले १० को मूल्य ९९९ युआन (१३९ अमेरिकी डलर) र शाओमी स्मार्ट डिस्प्ले ६ को मूल्य ३४९ युआन (४८ अमेरिकी डलर) बीचमा हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार