
काठमाडौं ।
एप्पलले अन्ततः यस जाडो यामबाट आफ्नो आईफोन १५ सिरिजमा यूएसबी–सी परिवर्तन गर्ने अपेक्षा गरिएको छ। साथै यसै क्रममा फ्लेक्सीबल पीसीबी एसेम्बलीजमा एटेज्ड पोर्टको पहिलो झलक बाहिरिएको छ।
लिपिलिप्सीद्वारा ट्विटरमा साझा गरिएका छविहरूले आईफोन १५ प्रो म्याक्स, आईफोन १५ प्लस र आईफोन १५ को लागि कनेक्टर देखाएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यस अघिका चर्चाहरूको आधारमा आईफोन १५ र १५ प्लसमा यूएसबी २.० स्ट्याण्डर्ड कनेक्टर्स रहने अपेक्षा गरिएको छ। उक्त यूएसबी २.० स्ट्याण्डर्ड कनेक्टर्सले पनि लाइटनिङ पोर्टले सरह समान ४८० एमबीपीएस डाटा ट्रान्सफर स्पिड र २०डब्ल्यू चार्जिङ स्पिड प्रदान गर्ने उल्लेख छ।
आईफोन १५प्रो र १५प्रो म्याक्सले भने यूएसबी ३.२ कनेक्टर्स प्राप्त गर्नेछन्। सन् २०१२ पछि उक्त यूएसबी ३.२ कनेक्टर्सले आईफोनमा पहिलो पटक उल्लेखनीय गति बढाउने प्रस्ताव गर्दछ।
एप्पलले यूएसबी–सी केबल्स र एसेसोरिजमा डाटा ट्रान्सफर र चार्जिङ स्पिडलाई सीमित गर्नेछ जुन यसको मेड फर आईफोन (एमएफआई) कार्यक्रमको भाग नभएको भनी यस अघिका रिपोर्टहरूले पनि सुझाव दिएको छन्।
एप्पलले यहि सेप्टेम्बर १३ तारिखमा आफ्नो आईफोन १५ सिरिज सार्वजनिक गर्ने अनुमान गरिएको छ।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार