
काठमाडौं ।
फेसबुकले सन् २०१६ मा ल्याएको मेसेन्जरमार्फत एसएमएस सन्देश पठाउने तथा प्राप्त गर्ने सुविधा हटाउने भएको छ। फेसबुकले आफ्नो हेल्प सेन्टर पेजमार्फत उक्त खबर सार्वजनिक गरेको हो।
मेसेन्जरमा आफ्नो पूर्वनिर्धारित एसएमएस एपको रूपमा भरपरेका प्रयोगकर्ताहरूले सेप्टेम्बर २८ मा एप अपडेट गरेपछि टेक्स्ट म्यासेज पठाउन र प्राप्त गर्न नसक्ने बताइएको छ।
फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्नो पूर्वनिर्धारित मेसेजिङ एपलाई गुगल म्यासेजेज वा आफ्नो फोनको डिफल्ट सन्देश एपमा स्विच गर्न सल्लाह दिइरहेको छ।
प्रकाशित: २४ श्रावण २०८०, बुधबार