Technology Khabar २२ श्रावण २०८०, सोमबार
काठमाडौं ।
नेपाल टेलिकमले ल्याण्डलाइनमा भएका नम्बर परिवर्तनलाई अपडेट गर्ने भएको छ। कम्पनीले विगत वर्षहरूमा प्रदान गर्दै आएको कपर अर्थात तामाको तारमा आधारित टेलिफोन नम्बरहरू प्रविधिको विकाससँगै फाइबरमा आधारित एफटीटीएच सेवामा रूपान्तरण गरिरहेको जानकारी दिएको छ।
नेपाल टेलिकमको बागमती प्रदेशस्थित प्रादेशिक निर्देशनालय काठमाडौँले साविक टेलिफोन नम्बरहरूको सट्टा १ डिजिट परिवर्तनगरी नयाँ नम्बरहरू परिवर्तन हुन गएको हुनाले उक्त पुराना नम्बरहरूमा कल गर्दा करीब ३ महिना परिवर्तन भएका नयाँ नम्बर सम्बन्धी अनाउन्समेन्ट आउने जानकारी दिएको छ।
नम्बर परिवर्तन भएको ३ महिनापछि अनाउन्समेन्ट नआउने भएकोले ग्राहक महानुभावहरूलाई हाल प्राप्त भएको नयाँ नम्बर आफ्नो वेबसाइट लेटरप्याड आदिहरूमा अपडेट गराई सम्पर्कमा रहन कम्पनीले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।
प्रकाशित: २२ श्रावण २०८०, सोमबार