वानप्लसले एस २ प्रो अगस्ट १६ मा लन्च गर्ने

  • Technology Khabar | २२ श्रावण २०८०, सोमबार
वानप्लसले एस २ प्रो अगस्ट १६ मा लन्च गर्ने

काठमाडौं ।

वानप्लसले एस २ प्रो अगस्ट १६ मा लन्च गर्ने भएको छ। वानप्लसका अध्यक्ष ली जेईले वेइबो पोस्टमार्फत उक्त खुलासा गरेका हुन्।

अध्यक्ष लीले नयाँ फ्ल्यागशिप एस २ मा ठूलो सुधार हुने तथा वास्तविक फ्ल्यागशिप अनुभवको लागि थप शीर्ष-स्तरीय प्रविधिहरू हुने बताएका छन्।

एस २ प्रो स्न्यापड्रयागन ८ जेन २  चिपसेटको साथ आउने तथा यसमा भीसी कूलिङको नयाँ वास्तुकला हुनेछ जसले हिट-डिसीपेटीङ गर्ने सामग्रीको कुल क्षेत्रफल ९,००० एसम्यू डट एमएममा बढाउने उल्लेख छ। अब एस २ प्रोसँग यसको भ्यानिला सिब्लिङ जस्तै समग्र डिजाइन हुनेछ।

एस २ प्रो ले २४ जीबी र्याम एलपीडीडीआर ५ एक्स र्याम र १ टीबी यूएफएस ४.० भण्डारण प्रस्ताव गर्नेछ। यो मेमोरी संयोजन सबैभन्दा हाइएस्ट आउटसाइड  डेडिकेटेड गेमिङ फोनहरू हुने बताइएकाे छ।

यसको लागत भने कति हुनेछ भन्ने थाहा पाउन थप दस दिन कुर्नुपर्ने छ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार