धनगढीमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

  • Technology Khabar | २२ श्रावण २०८०, सोमबार
धनगढीमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा
सांकेतिक तस्बिर

काठमाडौं ।

कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो।

स्टेसनको एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गरे। पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले त्यस्ता सवारी साधन चार्ज गर्न सहज हुने जनाइएको छ।

वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेसनले ठुलो टेवा पुर्याउने नगर प्रमुख गोपाल हमालले बताए।

स्टेसनमा ६०-६० किलोवाटको दुई वटा र २२ किलोवाटको एउटा गरी तीन ओटा चार्जर रहेको छ। जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एक साथ तीन वटा सवारी साधन चार्ज गर्न सकिने जनाइएको छ।

दिउँसो चार्ज गर्दा प्रति युनिट आठ रुपियाँ २८ पैसा, राति ११ बजेपछि चार्ज गर्दा प्रति युनिट छ रुपियाँ र बिहान चार्ज गर्दा प्रतियुनिट १० रुपियाँ ४४ पैसा चार्ज शुल्क तोकिएको छ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...