काठमाडौं ।
गत हप्ता सामसङले आफ्नो दुई ओटा फोल्डेबलहरूका साथमा ग्यालेक्सी ट्याब एस९ सिरिज अनावरण गरेको थियो। त्यसैगरी ग्यालेक्सी ट्याब एस९ एफई सिरिज अन्तर्गत कम्तिमा पनि थप दुई ओटा नयाँ स्लेटहरू चाँडै डेब्यु हुने आशा गरिरहेको छ।
उक्त दुई नयाँ आगामी डिभाइसहरूको नयाँ प्रमाण कोरियाली कम्पनीले नै प्रदान गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
सामसङले ट्याब एस९ एफई र ट्याब एस ९ एफई प्लस ट्याब्लेटहरू आफ्नै वेबसाइटमा सूचीबद्ध गरेको उल्लेख छ। उक्त दुई ट्याब्लेटको नाम सामसङको भ्वाइस एसिस्टेन्ट बिक्सबीको प्रोडक्ट पेज (उत्पादन पृष्ठ) मा देखिएको हो।
बिक्सबीलाई समर्थन गर्ने सबै डिभाइसहरू पृष्ठको तल्लो भागमा सूचीबद्ध रहेका छन् भने त्यसमा अझै पनि घोषाणा गर्न बाँकी रहेको ग्यालेक्सी ट्याब एस९ एफई र एस९ एफई+ समावेश रहेको उल्लेख छ।
नयाँ ट्याब्लेटहरुको पूर्ण स्पेक्सको बारेमा थाहा नभएपनि प्लस मोडलमा १२.४इन्च डिस्प्ले र एक्सिनोस १३८० चिपसेट हुने अफवाह रहेको छ। त्यसैगरी नन–प्लस भेरियन्टमा पनि समान चिपसेट समावेश गरिने उल्लेख गरिएको छ। साथै दुबै ट्याब्लेटको तस्विरहरू पनि देखा परेको हो।
प्रकाशित: २२ श्रावण २०८०, सोमबार