रोयल इन्फिल्डले आगामी २ वर्षमा पहिलो इलेक्ट्रिक मोटरसाइकल ल्याउन सक्ने

  • Technology Khabar | २२ श्रावण २०८०, सोमबार
रोयल इन्फिल्डले आगामी २ वर्षमा पहिलो इलेक्ट्रिक मोटरसाइकल ल्याउन सक्ने

काठमाडौं ।

आइसर मोटर्सको सहायक कम्पनी रोयल इन्फिल्ड अहिले चर्चामा रहेको छ। रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लालले इलेक्ट्रिक भेहिकल (ईभी) एरेनामा इन्फिल्डको यात्राको बारेमा महत्त्वपूर्ण घोषणा गरेका छन्।

बजाज, टिभिएस र हार्ले–डेभिडसन जस्ता धेरै मोटरसाइकल टाइटन्स आफ्ना कम्बस्टन इन्जिनबाट ईभीलाई अलग गर्ने निर्णयसँग जुध्न थालेका छन् । तर रोयल इन्फिल्डले यस बारेमा केहि गरेको देखिँदैन्।

हालै कम्पनीका प्रबन्ध निर्देशक लालले आइसर मोटर्स र रोयल इन्फिल्डको केन्द्रमा ईभी रहेको जानकारी दिएको गीज्मोचाइनाले उल्लेख छ। लालले विद्युतीय विकास रोयल इन्फिल्ड र आइसर मोटर्सको छाताभित्र रहने दाबी गरेका छन्।

इलेक्ट्रिक मोटरसाइकल ल्याण्स्केपमा क्रान्तिकारी परिवर्तन गर्नको लागि कम्पनी तयार रहेको उल्लेख गरिएको छ। त्यसैगरी सन् २०२५ सम्ममा कम्पनीको पहिलो इलेक्ट्रिक मोटरसाइकलको अपेक्षा गर्न सकिने छ। साथै स्पेनिस स्टार्टअप, स्टार्क फ्युचरमा आइसर मोटर्सको हालैको इक्विटी अधिग्रहणसँगै, स्टार्कको विशेषज्ञतालाई इन्फिल्डको ईभी ब्लुप्रिन्टमा मिसाएको हेर्नु एकदमै आकर्षक प्रस्ताव हुने उल्लेख गरिएको छ।

विवरणहरू सार्वजनिक नगरिएको अवस्थामा रोयल इन्फिल्डले भविष्यको लागि मात्रै तयारी नगेरर कम्पनीले यसलाई पुनः परिभाषित गर्न तयारीमा लागिरहेको भन्ने कुरा स्पष्ट गरेको छ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार