Technology Khabar २१ श्रावण २०८०, आईतवार
काठमाडौं ।
ह्वावेसहित ४० साझेदारहरूले एचडिसी २०२३ मा हार्मोनी ओएस इकोसिस्टम विकास सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताले सहभागीहरूले टेक्नोलोजीकल इनोभेसन, इन्ड्रस्टिअल एप्लिकेसन र बिजनेस कोअपरेसनको क्षेत्रमा चौतर्फी र गहिरो सहयोग सञ्चालन गर्ने तथा प्रिमियम र सरल निरन्तर सेवाहरूमार्फत प्रयोगकर्ताहरूलाई नयाँ अनुभवहरू ल्याउने उल्लेख छ।
हार्मोनी ओएस ४ सँग, ह्वावेले साझेदारहरू र विकासकर्ताहरूका लागि एआइ-आधारित ठूलो भाषा मोडल क्षमताहरू ओपन गरेको बताइएको छ। यसले हार्मोनी ओएस इकोसिस्टमको संयुक्त विकाससहित सबै नयाँ सुविधाहरूसँग नयाँ अवसरहरू साझा गर्ने उल्लेख छ।
ह्वावेका कार्यकारी निर्देशक यू छेङ्गडङ्ग, डिभाइस बिजीका सीइओ, स्मार्ट कार सोल्यूसन बीयूका सीइओ, झु योङ्गाङ्, ह्वावे डिभाइस क्लाउड सर्भीसेजका अध्यक्ष जी रेङ्गुइ, ह्वावे डिभाइस बीजीको ग्लोबल इकोलोजिकल डेभलपमेन्ट एण्ड अपरेसन डिपार्टमेन्टका अध्यक्ष र साझेदारहरूका प्रतिनिधिहरू हस्ताक्षर समारोहमा सहभागी थिए।
यी मध्ये केही साझेदार कम्पनीहरू पहिले नै ह्वावेसँग अन्य व्यवसायिक दृष्टिकोणका लागि सहकार्यमा रहेका तर, अब कम्पनीले आफ्नो साझेदारीलाई अर्को तहमा विस्तार गर्न चाहेको उल्लेख छ।
ह्वावे हार्मोनी ओएस इकोसिस्टममा सामेल हुने ४० चिनियाँ साझेदारहरूमा शाहोङसु, चाइना मर्चेन्ट्स बैंक, स्ट्रीप , मेइटू, ५८ डटकम, ३६० ब्राउजर, नेटइज यूडाओ डिस्कनेरी, शिमो डक्यूमेन्ट, क्लास इन एप्लिकेसन, बैंक अफ चाइना, सीएनआर, सोहु न्यूज, ड्रयागनफ्लाइ एफएम, जेडी हेल्थ, चाइना अडियो भिजुअल एण्ड डिजिटल पब्लीसीङ एसोसीएसन र अन्य सेवा प्रदायकहरू रहेका छन्।
प्रकाशित: २१ श्रावण २०८०, आईतवार