ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृतले पाए “बिजनेस एक्सिलेन्स सर्टिफिकेट”

  • Technology Khabar | २१ श्रावण २०८०, आईतवार
ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृतले पाए “बिजनेस एक्सिलेन्स सर्टिफिकेट”

काठमाडौं ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई “वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस”, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित “बिजनेस एक्सिलेन्स सर्टिफिकेट” बाट सम्मान गरिएको छ।

रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । उनी “म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल” (MAN) अवार्ड २०२२ मा “म्यानेजर अफ द इयर” बाट पनि सम्मानित भएका थिए।

“वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस” ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो।

वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवर्द्धन, वृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार