प्रहरी चारित्रिक प्रमाणपत्र आइतबारदेखि पूर्णरूपमा अनलाइनबाटै प्रमाणीकरण

  • Technology Khabar | २० श्रावण २०८०, शनिबार
प्रहरी चारित्रिक प्रमाणपत्र आइतबारदेखि पूर्णरूपमा अनलाइनबाटै प्रमाणीकरण

काठमाडौं ।

सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्णरूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने सेवा शुरु गर्ने भएको छ। साउन २१ गते आइतबारदेखि यो सेवा शुरू गर्न लागेको हो।

परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण (Police Clearance Certificate) सुरू गर्नेछ। यसको लागि विभागले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण प्रणाली अपग्रेड गर्दैछ।

सो अनुरुप सेवाग्राही कन्सुलर सेवा विभागमा नगईकन नै फारम भरिसकेपछि अनलाईनबाट नै एप्रुभ भई विभागको स्ट्याम्पसहितको प्रिन्ट वा पिडिएफ डाउनलोड गर्न सकिने छ।

यसअघि परराष्ट्र मन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणत्र अनलाइनबाटै प्रमाणीकरण व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्री साउदले नै आइतबार कन्सुलर सेवा विभाग त्रिपुरेश्वर पुगेर यो सेवाको शुभारम्भ गर्नेछन्।

आइतबारदेखि उक्त नयाँ व्यवस्था प्रारम्भ हुन लागेकोले विभागको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अहिले प्रयोग भईरहेको प्रणालीमा साउन १८ गते विहिबारसम्म मात्र अनलाईन फारम भर्न सकिने व्यवस्था गरिएको थियो।

विभागकाअनुसार साउन १९ गते शुक्रबारका दिन प्रणाली अपग्रेड हुने हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाईन फारम भर्ने सम्बन्धी कार्य अवरुद्ध हुनेछ।

प्रकाशित: २० श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार