
काठमाडौं ।
ह्वावे टेक्नोलोजीजको ह्यान्डसेट व्यवसायले प्रभावशाली पुनरागमन गरिरहेको कम्पनीको उपभोक्ता व्यवसाय प्रमुख रिचर्ड यूले बताएका छन्।
डोङगुआनमा भएको वार्षिक विकासकर्ता सम्मेलनमा बोल्दै उनले घरेलु स्मार्टफोन बजारमा ह्वावेको हिस्सा दोस्रो त्रैमासिकमा ७६.१ प्रतिशतले बढेको जानकारी दिएको छ।
यसबाहेक, कम्पनीले आफ्नो बजार स्थिति पुनः दाबी गर्ने दृढ संकल्प देखाउँदै हाइ-एण्डको सेगमेन्टमा दोस्रो स्थान हासिल गरेको गिच्मोचाइनाले उल्लेख गरेको छ।
काउन्टरपोइन्ट रिसर्च डाटाका अनुसार ह्वावेले दोस्रो त्रैमासिकमा समग्र चीनको बजारको ११.३ प्रतिशत सहित छौंठो स्थानमा छ। अमेरिकीको प्रतिबन्धबाट उत्पन्न चुनौतीहरूको बावजुद ह्वावे आफ्नो स्मार्टफोन व्यवसायको पुनर्निर्माणको प्रयासमा अडिग छ।
यस वर्षको सुरुमा ह्वावेले नयाँ स्मार्टफोनहरूको सिरिज सार्वजनिक गरेको छ। योसँगै ह्वावेले आफ्नो ह्यान्डसेट व्यवसाय बेच्ने अफवाहलाई मत्थर पारेको थियो। कम्पनीले उच्च प्रत्याशित फोल्डेबल स्मार्टफोन मेट एक्स३ र फ्ल्यागशिप फोन पी६० सिरिज सार्वजनिक गरेको थियो। यी इनाभेसनहरुले ह्वावेलाई सकारात्मक बाटोतर्फ लैजाने र उपभोक्ताहरूमाझ चासो जगाउन महत्वपूर्ण भूमिका खेलेको छ।
सांघाईमा भर्खरै उत्पादन लन्च कार्यक्रममा ह्वावेका डिभाइस बिजनेस ग्रुपका सीईओ यू चेङडोङले भविष्यको लागि आफ्नो आशावाद व्यक्त गर्दै भने, ‘हामीले प्रतिबन्धहरू अन्तर्गत चार वर्षको जाडो अनुभव गरेका छौं। अब, वसन्त आएको छ, र हामी भविष्यको लागि उत्साहित छौं।’
प्रकाशित: २० श्रावण २०८०, शनिबार