शाओमीकाे रेड्मी के६० अल्ट्रा डाइमेन्सिटी ९२०० प्लसका साथमा आउँदै

  • Technology Khabar | २० श्रावण २०८०, शनिबार
शाओमीकाे रेड्मी के६० अल्ट्रा डाइमेन्सिटी ९२०० प्लसका साथमा आउँदै

काठमाडौं ।

शाओमीले ल्याउन लागेको रेडमीको के सिरिजको नयाँ स्मार्टफोन रेड्मी के६० डाइमेन्सिटी ९२०० प्लसद्वारा संचालित हुनेछ। शाओमीले हाल एन टू टू स्कोर र केही थप विवरणहरू साझेदारी गर्दै यसको आधिकारिक पुष्टि गरेको हाे।

के ६० अल्ट्रा फोन शाओमी १३ टी प्रो नाम अन्तर्गत विश्वव्यापी बजारमा जाने अपेक्षा गरिएको छ। यसले मिडीया टेकबाट ९२०० प्लस चिप प्रयोग गर्नेछ।

आन्तरिक परीक्षणमा डिभाइसले एनटूटू मा १,७७४,७१४ अंक हासिल गरेको उल्लेख छ। यसले आफूलाई टप स्न्यापड्रागन ८ जेन २ चिपसँग प्रतिस्पर्धात्मक बनाउने उल्लेख छ।

एन टू टू टोलीले हालसम्म स्कोर ब्रेकडाउन साझा गरेको छैन। यद्दपी यसले रेड्मी के ६० अल्ट्राका फोटोहरू पोस्ट गरेकाे बताइएकाे छ।

यि स्लाइडहरूमा आधारित, डाइमेन्सिटी के ६० अल्ट्रामा चिप मात्र नभई तथा त्यसमा एक पिक्सेल वर्कस एक्स ७ भिजुअल प्रोसेसर समेत हुने उल्लेख छ। शाओमीले इन-हाउस विकास गरेको एल्गोरिदम चलाउने पनि उल्लेख छ।

एक्स ७ वान प्लस ११, रियलमी जिटी २ एक्सप्लोरर मास्टर र अनर म्याजिक ५ प्रो जस्ता फोनहरूमा प्रयोग गरिएको छ। यसले लाे लेटेन्सी फ्रेम इन्टरपोलेसन चलाउने छ जसले १० एमएस भन्दा कम विलम्बताको साथ फ्रेम दरलाई दोब्बर, तीन गुणा वा चौगुना गर्नसक्ने पनि बताइएकाे छ।

यो एफएचडी प्लसमा १८० हर्ज र डब्ल्यूक्यूएचडी प्लस रिजोल्युसनमा १४४ हर्ज सम्म जानेछ।

रेड्मी के ६० अल्ट्रालाई आगामी प्रमुख कार्यक्रममा अनावरण गरिने उल्लेख छ। जसमा शाओमी मिक्स फोल्ड ३, शाओमी  प्याड ६ म्याक्स र रेड्मी प्याड २ पनि अनावरण गरिने बताइएकाे छ।

शाओमी १३ टी र १३ टी प्रो सेप्टेम्बर १ तारिख मा विश्वव्यापी बजारको लागि अनावरण हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २० श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार