सानिमा बैंकका ग्राहकहरुलाई फूडमाण्डूमा क्यासब्याक

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार
सानिमा बैंकका ग्राहकहरुलाई फूडमाण्डूमा क्यासब्याक

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फूडमाण्डूसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फूडमाण्डूमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन्। ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त हुनेछ।

यो योजना २०८० साउन २० गतेदेखि देखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू बैंकले जानकारी दिएको छ।

बैंकको देशको सातै प्रदेशमा १३२ ओटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु संचालनमा छन्।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार