डिजिटल भास सेवा संचालन गर्नेलाई सूचीकृत गर्न दूरसञ्चार प्राधिकरणको सूचना

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार
डिजिटल भास सेवा संचालन गर्नेलाई सूचीकृत गर्न दूरसञ्चार प्राधिकरणको सूचना

काठमाडौं ।

डिजिटल भास सेवा सञ्चालन गर्न चाहने व्यक्तिलाई नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकृत हुन भनेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले नयाँ कार्यविधि अन्तरगत सेवा संचालन गर्नका लागि सूचिकृत हुन भनेको हो।

डिजिटल भास सेवा (Digital Value Added Services ( DVAS) सेवालाई नियमनको दायरामा ल्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको “विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value Added Services (DVAS)) सञ्चालन सम्बन्धी कार्यविधि, २०८०” अन्तरगत डीभास सेवा सञ्चालन गर्न चाहने व्यक्तिले नियम अनुसार सेवा सञ्चालन कार्य योजना लगायतको विवरणहरु सहित प्राधिकरण समक्ष निवेदन पेश गर्नुपर्ने छ।

यसका साथै कार्यविधि लागू हुनुपूर्व डीभास सेवा सञ्चालन गरिरहेकालाई समेत समय तोकेर सूचीकृत हुन भनेको छ।

“यो कार्यविधि लागू हुनु पूर्व डीभास सेवा सञ्चालन गरिरहेका व्यक्ति / संस्थाले आफूले सञ्चालन गरेका डीभास सेवाको विवरण संलग्न गरी प्राधिकरण समक्ष सूचीकरणको लागि १४ असोज २०८० भित्र कार्यविधिमा उल्लेखित कागजात सहित निवेदन पेश गर्नहुन समेत जानकारी गराइन्छ,” प्राधिकरणको सूचनामा भनिएको छ।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार