काठमाडौं ।
भिडियो गेम कम्पनी निन्टेन्डोले हालसम्मको सबैभन्दा उच्च पहिलो त्रैमासिकको नाफा घोषणा गरेको छ। कम्पनीले जेल्डाः ब्रेथ अफ द वाइल्ड र सुपर मारियो ब्रदर्स फिल्मको सफलताबाट उक्त उपलब्धी हासिल गरेको इनग्याजेडले उल्लेख गरेको छ।
कम्पनीले २०२३ को पहिलो त्रैमासिकमा कुल ४६१.३४ बिलियन येन बिक्री गरेर १८५.४४ बिलियन येन नाफा कमाएको छ। कम्पनीले २०२० को पहिलो क्याटरमा कम्पनीले १४४.७ बिलियन येन नाफा कमाएको थियो। तत्कालिन समयको तुलनामा अहिले कम्पनीको नाफा ४० बिलियन येनले बढेको निन्टेन्डोको पछिल्लो आम्दानी रिपोर्टमा उल्लेख छ।
विश्वभर १६८.१० मिलियन मानिसहरूले सुपर मारियो ब्रदर्स फिल्म हेरेका छन् र कम्पनीले जुलाई २६ सम्ममा कुल बक्स अफिस राजश्व १.३४९ बिलियन अमेरिकी डलर संकलन गरेको घोषणा गरेको छ। यो भिडियो गेममा आधारित मूल फिल्मको लागि हालसम्मकै उच्च राजश्व हो। एनिमेटेड फिल्मका लागि दोस्रो उच्चतम राजश्व भएको बताइएको छ। यसमा निन्टेन्डोको ‘मोबाइल र आईपी–सम्बन्धित आय’ श्रेणीको राजश्वमा १९० प्रतिशतको ठूलो वार्षिक वृद्धि भएको छ।
यसैबीच, द लिजेन्ड अफ जेल्डाः टियर्स अफ द किंगडमले मेमा लन्च भएदेखि १८.५१ मिलियन कपी बिक्री भएको छ भने मारियो कार्ट ड डिलक्सले गत त्रैमासिकमा १.६७ मिलियन यूनिट बिकेको छ।
‘यस शीर्षक (जेल्डा) को बिक्री यस आर्थिक वर्ष बेचेको पहिलो–पक्ष सफ्टवेयरको लगभग आधा हो,’ निन्टेन्डोले भन्यो।
स्विचको बिक्री गत वर्षको सोही त्रैमासिकको तुलनामा बढेर ३.९१ मिलियन पुगेको थियो (गत वर्ष ३.४३ मिलियन युनिटको तुलनामा), जसमध्ये २.८३ मिलियन महँगा ओएलईडी मोडेल थिए। उक्त वृद्धि जेल्डाद्वारा आंशिक रूपमा संचालित हुन सक्छ, किनकि खरीददारहरूले खेल खेल्नको लागि नयाँ वा राम्रो कन्सोल खोजेका थिए।
कम्पनीले हरेक घरमा एकभन्दा बढी स्विच राख्ने लक्ष्य रहेको बताउँदै आइरहेको छ। र कम्पनीले यसमा काम सुरु गर्न सक्नेछ।
चालु आर्थिक वर्षको सुरुमा निन्टेन्डोले १५ मिलियन स्विच कन्सोलको बिक्री गर्ने घाषणा गरेको थियो। कम्पनीको पछिल्लो उपलब्धीको आधारमा त्यो संख्या हासिल गर्न ट्र्याकमा देखिएको छ।
प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार