एयरट्याग २ को बृहत उत्पादन अर्को वर्षको चौथो त्रैमासिकदेखि हुने अनुमान

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

एप्पलले सन् २०२१ को अप्रिलमा २९ अमेरिकी डलरको मूल्यमा एयरट्याग अनावरण गरेको थियो। अब उक्त एयरट्यागले विश्लेषक मिङ–ची कुओको भविष्यवाणी सही भएको खण्डमा २०२४ को अन्त्यमा वा २०२५ को सुरुआतमा नयाँ उत्तराधिकारी पाउने छ।

कुओले एयरट्याग २ (अस्थायी नाम) २०२४ को चौथो त्रैमास (२०२४ को अक्टोबर–डिसेम्बर) देखि मास प्रोडक्सन (ठूलो उत्पादन) मा प्रवेश गर्ने पूर्वानुमान गरेका छन्।

साथै दोस्रो–पुस्ताको उक्त एयरट्याग स्पेसल कम्प्युटिङ इकोसिस्टमको भागको रूपमा एप्पलको भिजन प्रोसँग राम्रो एकीकरण हुने कुओको विश्वास रहेको जीएसएमएरिनाले जानकारी दिएको छ।

हाल, एयरट्याग २ को बारेमा विवरणहरू नआएको भएतापनि यसको पहिलो–पुस्ताको एयरट्याग यू१ चिपको साथ आएको हुनाले आगामी एयरट्याग-२ पनि यू२ चिपको साथ आउनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया