आईफोन १५ को माग गत वर्षको आईफोन १४ को तुलनामा कम हुने अनुमान

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार
आईफोन १५ को माग गत वर्षको आईफोन १४ को तुलनामा कम हुने अनुमान

काठमाडौं ।

आईफोन १५ सिरिज केहि महिनामा नै मूल्यवृद्धि र स्लिम बेजेलको साथ आउने अपेक्षा गरिएको छ। यद्यपी आगामी सिरिजको माग गत वर्षको आईफोन १४ लाइनको तुलनामा कम हुने अनुमान गरिएको छ।

साथै मागमा कमी आउने अनुमान प्रसिद्ध आपूर्ति–श्रृंखलासँग सम्बन्ध राख्ने विश्लेषक मिङ–ची कुओको रहेको उल्लेख छ । मिङ–ची कुओले आफ्नो पछिल्लो रिपोर्टमा “आईफोन १५ को माग आईफोन १४ को भन्दा कम रहेको” भन्दै स्पष्ट रूपमा उल्लेख गरेको जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

यद्यपी यो अहिलेको अवस्थामा निस्सन्देह रुपमा मात्र एक पूर्वानुमान भएको हो। साथै उक्त अवस्थामा परिवर्तनहरु आउन सक्ने सम्भावना पनि रहेको बताईएको छ। त्यसैगरी कुओले लन्च पश्चात आईफोन १५ को माग बजार अपेक्षाहरू भन्दा राम्रो नभएसम्म, अधिकांश आपूर्तिकर्ताहरूले वर्षको दोस्रो आधा भागमा वृद्धिको दबाबको सामना गर्ने पूर्वानूमान गरेका छन्।

गत वर्षको तुलनामा २०२३ को दोस्रो अर्ध वार्षिकमा एप्पलको हार्डवेयर उत्पादनहरूको ढुवानी पूर्वानुमान लगभग विश्वव्यापीरूपमा कमजोर भएको थियो।

त्यसैगरी “कम्पनी दोस्रो अर्ध वार्षिक वा २०२४ मा बजार मागको बारेमा सकारात्मक रहेको” भनेर एप्पलले स्पष्टरूपमा संकेत गरेको हुनाले उक्त भविष्यवाणीहरुमा परिवर्तन आउन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार