तीन विद्यालयमा ई-पुस्तकालय

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
तीन विद्यालयमा ई-पुस्तकालय
सांकेतिक

काठमाडौं ।

जिल्लाका खार्पुनाथ गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाका एक गरी तीन वटा माध्यमिक बिद्यालयमा बिद्युतीय ‘ई-पुस्तकालय’ स्थापना गरिएको छ। विद्यार्थीलाई अतिरिक्त ज्ञान हासिल गर्नका लागि ई पुस्तकालय स्थापना गरिएको हो।

स्वार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीकाअनुसार विद्यालयमा स्थापित ई पुस्तकालयमा तीन लाख पुस्तक र दुई लाख भिडियोका साथै ३० हजारभन्दा बढी अडियोसमेत सुन्न सकिने छ। पुस्तकालयको स्थापना भएसँगै विद्यालयका कक्षा भर्चुअल सञ्चालन गर्न सकिने भएको छ ।

जिल्लाका खार्पुनाथ गाउँपालिका-३ को हुम्ला मावि र सिमकोट गाउँपालिका-५ को बालमन्दिर माविमा समेत ई-पुस्तकालय सञ्चालनमा रहेका छन् । एउटा बिद्यालयमा ई पुस्तकालय स्थापनाका लागि १२ लाख २१ हजार पाँच सय खर्च भएको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १८ श्रावण २०८०, बिहीबार