काठमाडौँ महानगरभित्र डिजिटल विज्ञापन गर्न चाहनेसँग निवेदन माग

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
काठमाडौँ महानगरभित्र डिजिटल विज्ञापन गर्न चाहनेसँग निवेदन माग

काठमाडौं ।

काठमाडौँ महानगरपालिका भित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाको लागि महानगरपालिकाले निवेदनको समय सीमा तोकेको छ।

महानगरपालिकाले साउन १८ गते सूचना जारी गरेर डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले  ३५ दिनभित्र महानगरपालिकाको कार्यालयमा निवेदन पेस गर्न आह्वान गरेको छ।

‘महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९’ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार, महानगरपालिका भित्रका घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न चाहेमा कार्यालयमा निवेदन पेस गर्नु पर्ने,’ सूचनामा लेखिएको छ।

इच्छुक व्यक्ति, फर्म या संघसस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइको कार्यालय काठमाडौँ प्लाजा कमलादीमा निवेदन दिन सक्ने महानगरले जनाएको छ।

त्यस्तै, तोकिएको अवधि भित्र निर्देशिकाले तोकेको मापदण्ड पूरा गरेका विज्ञापन दातालाई निवेदन दिन तथा मापदण्ड विपरीत राखिएका बोर्डहरु झिकेर लैजान पनि महानगरले आग्रह  गरेकाे छ ।

महानगरले तोकिएको समयमा निवेदन नदिने तथा मापदण्ड विपरीतका बोर्ड नहटाइएका बोर्डहरुलाई महानगरपालिका आफैँले झिकेर जफत गर्ने पनि जानकारि दिएकाे छ। अनधिकृत रूपमा बोर्ड राख्ने वा त्यसमा विज्ञापन गर्ने व्यक्तिलाई जरिवाना गरिने महानगरकाे जानकारीमा  उल्लेख छ।

त्यस्तै, महानगरपालिकाबाट हटाइने बोर्डहरुको तिर्न बाँकी विज्ञापन कर र बोर्ड बन्द गराउँदा लागेको खर्च समेत सम्बन्धित विज्ञापन दाता वा घरधनीबाट असुल गरिने महानगरले जानकारी दिएकाे छ।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार