
काठमाडौं ।
इन्टरेनट सेवा प्रदायकहरुले सेवाग्राहीसँगको सम्झौता र वाचा अनुसार सेवा उपलब्ध नगरेको पाइएको छ। इन्टरेनट सेवा प्रदायकहरुले सम्झौता र वाचा अनुसार सेवा उपलब्ध नगराएको सम्बन्धमा हेलो सरकारमा धेरै उजुरी परेको छ।
इन्टरनेट सेवा प्रदायकहरुले सेवाग्राहीलाई सेवा दिन गरेको सम्झौता र वाचा अनुसार सेवा नदिएको भनी उहाँले जस्तै अनेक गुनासोकर्ताहरुले हेलो सरकार संयन्त्रमा जानकारी दिनुभएको छ।्र त्यस मन्त्रालयबाट थप प्रभावकारी अनुगमनको व्यवस्था गरी यस्तो प्रवृत्ति अन्त्य गर्न अनुरोध छ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिँदै हेलो सरकारले ट्विटरमा लेखेको छ।
उजुरीकर्ता मध्ये ट्विटर प्रयोगकर्ता अशोक पोखरेको ट्वीटलाई रिट्वीट गर्दै हेलोे सरकारले इन्टरनेट सेवा प्रदायकहरुको प्रभावकारी अनुगमन गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो।
इन्टरनेट सेवा प्रदायकहरुले सेवाग्राहीलाई सेवा दिन गरेको सम्झौता र वाचा अनुसार सेवा नदिएको भनी उहाँले जस्तै अनेक गुनासोकर्ताहरुले हेलो सरकार संयन्त्रमा जानकारी दिनुभएको छ | त्यस मन्त्रालयबाट थप प्रभावकारी अनुगमनको व्यवस्था गरी यस्तो प्रवृत्ति अन्त्य गर्न अनुरोध छ | @Hello_MoCIT https://t.co/j5E5cdpbjg
— Hello Sarkar, Government of Nepal (@hello_sarkar) August 3, 2023
प्रकाशित: १८ श्रावण २०८०, बिहीबार