गत आवमा एक अर्बको सिम कार्ड आयात

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
गत आवमा एक अर्बको सिम कार्ड आयात

काठमाडौं ।

नेपालमा गत आर्थिक वर्ष २०७९/८० मा एक अर्ब रुपैयाँ भन्दा बढीको सिम कार्ड आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आवमा १ अर्ब ४ करोड १० लाख ३० हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको हो।

सोही अवधिमा १ करोड ५६ लाख ८५ हजार ८५४ यूनिट सिमकार्ड आयात भएको छ।

सिम कार्डबाट सरकारले १९ करोड ४१ लख ७२ राजश्व प्राप्त गरेको छ।
नेपालमा चीन, अस्ट्रेलिया, चेक रिपब्लिक, फ्रान्स, भारत, लाटभिया, पोल्याण्ड, कतार, स्पेन, स्वीडेन, बेलायत र अमेरिका लगायत मुलुकबाट सिम कार्ड आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा बढी सिम कार्ड चीनबाट आउने गरेको छ। चीनबाट ५५ करोड २२ लाख १९ हजार रुपैयाँ बराबरको ९९ लाख २४ हजार ३३२ यूनिट सिम कार्ड भित्रिएको छ।

चेकरिपब्लिकबाट २८ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबरको १८ लाख ६३ हजार ११० यूनिट सिम कार्ड आएको छ।

भारतबाट १९ करोड ८५ लाख ९० हजार रुपैयाँ बराबरको ३७ लाख ५२ हजार ३५३ यूनिट सिम कार्ड भित्रिएको छ।

नेपालका दूरसञ्चार सेवा प्रदायकहरु नेपाल टेलिकम र एनसेल आजियाटाले मोबाइल सेवाको लागि सिमकार्ड प्रयोग गर्दछन्। उनीहरुले हराएका सिम साटेर नयाँ दिने वा नयाँ ग्राहकहरुलाई सेवा दिन नयाँ सिमकार्ड प्रदान गर्दछन्।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार