सामसङद्वारा आईफोन १५ फ्यामिलीको लागि ओएलईडी उत्पादन सुरु

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
सामसङद्वारा आईफोन १५ फ्यामिलीको लागि ओएलईडी उत्पादन सुरु

काठमाडौं ।

एप्पलले आईफोन १५ को आगामी सबै चार मोडलहरूको लागि ओएलईडी प्यानलहरू निर्माण गर्नका लागि सामसङलाई ‘ग्रीन लाईट’ दिएको द इलेक ले रिपोर्ट गरेको छ।

यद्यपि, प्रोडक्सन भ्यालिडिटि टेस्टिङ्ग (पीभीटी) स्टेज अन्य दुई ओएलईडी आपूर्तिकर्ताहरू–एलजी र बीओईको लागि सुरु नभएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यसको उत्पादकत्वमा आएको समस्याहरूको कारणले गर्दा बीओई समय तालिका भन्दा पछाडि रहेको इन्साइडर्सले खुलासा गरेको छ। बीओईको कारखानाहरुबाट बाहिर निस्किएका धेरै प्यानलहरु तथाकथित डायनामिक आइल्याण्डको लागि कटआउट वरिपरि लाइट ब्लिड रहेको उल्लेख छ।

यदि बीओईले उक्त समस्याहरूलाई राम्ररी सम्बोधन गरेन भने यस समयको लागि सामसङ मात्र ओएलईडी आपूर्तिकर्ता हुनसक्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख गरिएको छ। यस वर्ष बीओई सम्झौताबाट बाहिरिने र बाँकी अर्डरहरू सामसङले लिने कतिपय रिपोर्टहरुले भन्दै आएका छन्।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार