Technology Khabar १८ श्रावण २०८०, बिहीबार
काठमाडौं ।
स्न्यापड्रागन ८ जेन ३ आगामी अक्टोबरमा लन्च गर्नको लागि तयार पारिएको उल्लेख छ। साथै क्वालकमको अर्को वर्षको फ्ल्यागशिपको बारेमा पनि अफवाहहरू आउन थालेका उल्लेख गरिएको छ।
स्न्यापड्रागन ८ जेन ४ एसओसी सन् २०२४ को अन्त्यतिर लन्च हुने अपेक्षा गरिएको छ। उक्त लन्चको लागि धेरै समय बाँकी रहेको अवस्थामा एक प्रसिद्ध लीकरले भने उक्त चिपसेट टीएसएमसीको नयाँ ३एनएम प्रोसेस नोडमा आधारित हुने साझा गरेका छन्।
साथै चिपमा नुभियाको फिनिक्स कोरहरू पनि प्याक गरिने चर्चा रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
स्न्यापड्रागन ८ जेन ४ अर्को वर्ष ढिलो लन्च हुने सम्भावना
डिजिटल च्याट स्टेशनले आगामी स्न्यापड्रागन ८ जेन ४ एसओसीको बारेमा मुख्य विवरणहरू सार्वजनिक गरेको छ। उक्त चिपसेटमा २ ओटा फिनिक्स कोर र ६ ओटा फिनिक्स एम कोर हुने टिपस्टरले उल्लेख गरेको छ। फिनिक्स कोरहरू नुभियाद्वारा डिजाइन गरिएको एआरएम–बेस्ड (आधारित) सीपीयू कोरहरूको नयाँ पुस्ता भएको उल्लेख छ। यद्यपि, कम्पनीले आफ्नो प्रविधिको इजाजतपत्र क्वालकमलाई दिएको हुनाले कोरलाई फरक नाम दिने सम्भावना रहेको छ।
स्न्यापड्रागन ८ जेन ४ लाई टीएसएमसी को एन३ई प्रोसेस (प्रक्रिया) मा निर्माण हुने टिपस्टरले दावी गरेका छन्। यो चिप उत्पादन टीएसएमसीको ३एनएम प्रोसेस नोडको सेकेण्ड इटिरेसन भएको र त्यसै कारणले गर्दा यस पटक राम्रो प्रडक्टिभिटी प्रदान गर्नुका साथै उत्पादन लागत घटाएर अधिक चिपहरू सही रूपमा उत्पादन हुने उल्लेख छ।
त्यसैगरी एप्पलको ए१७ चिप पनि टीएसएमसीद्वारा ३एनएम प्रोसेस (प्रक्रिया) मा बनाइने चर्चा रहेको छ। यद्यपी एप्पलको ए१७ चिप भने पहिलो पुनरावृत्ति एन३ मा आधारित हुने उल्लेख गरिएको छ।
स्न्यापड्रागन ८ जेन ३ चिप अझै ४एनएम प्रोसेस (प्रक्रिया) मा आधारित रहेको भएतापनि यस चिपले इफिसेन्सी (दक्षता) मा कुनै कटौति नगरी पर्फमेन्सनमा ठूलो वृद्धि प्रदान गर्ने दाबी गरिएको छ। अर्कोतर्फ स्न्यापड्रागन ८ जेन ४ ले पनि महत्त्वपूर्ण पर्फमेन्स लिप प्रदान गर्ने अपेक्षा गरिएको छ।
यदपी नयाँ चिपसेटद्वारा कुन फोनहरू पहिले संचालित हुनेछन् भन्ने बारेमा अझै प्रस्ट नभएको तर सामसङ, ओप्पो र शाओमी सम्भावित उम्मेद्वारहरू भएको उल्लेख गरिएको छ। उक्त कम्पनीहरूले आफ्नो फ्ल्यागशिपहरूमा नवीनतम क्वालकम चिपहरू प्रयोग गर्ने गरेका छन्।
प्रकाशित: १८ श्रावण २०८०, बिहीबार