कामना सेवा विकास बैंकका ग्राहकलाई डिम्याट, सिआस्वालगायतका कारोबार एकै सेवा मार्फत

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
कामना सेवा विकास बैंकका ग्राहकलाई डिम्याट, सिआस्वालगायतका कारोबार एकै सेवा मार्फत

काठमाडौं ।

कामना सेवा विकास बैंकले साउन १७ गते बुधबारको दिन नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन्।

उक्त सेवा मार्फत् आफ्ना ग्राहकमहानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटीएममार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब् लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार