एपल वाच सिरिज ९ र वाच अल्ट्रा २ मा महत्त्वपूर्ण पर्फमेन्स अपग्रेड, यस वर्ष वाच एसई ३ नआउने

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
एपल वाच सिरिज ९ र वाच अल्ट्रा २ मा महत्त्वपूर्ण पर्फमेन्स अपग्रेड, यस वर्ष वाच एसई ३ नआउने

काठमाडौं ।

एप्पलको वार्षिक फल इभेन्ट अब मात्र एक महिना पर रहेको छ। क्युपर्टिनो बेस्ड टेक जायन्टले हरेक वर्षको सेप्टेम्बर महिनामा एउटा कार्यक्रमको आयोजना गरेर कम्पनीले आफ्नो पछिल्लो पुस्ताको आईफोन्स, वाच सिरिज, आईप्याड प्रोका साथै म्याकबुक पनि लन्च गर्दै आइरहेको छ। साथै लीक र अफवाहहरूले आईफोन १५ लाइनअपको बारेमा धेरै जानकारीहरु प्रस्तुत गरिसकेको छन्। ब्लूमबर्गका मार्क गुर्मनले आफ्नो साप्ताहिक ‘पावर अन’ न्यूजलेटरमा आगामी एप्पल प्रोडक्ट्स (उत्पादनहरू) को बारेमा जानकारी साझा गर्ने गरेका छन्। त्यसैगरी यस पटक उनले आगामी एप्पल वाच सिरिज ९ को बारेमा खुलासा गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एप्पल वाच सिरिज ९ को विवरणहरु लीक

आफ्नो पछिल्लो न्यूजलेटरमा गुर्मनले यस वर्ष एप्पलले आफ्नो तीन ओटा स्मार्टवाचहरू लन्च गर्ने भनेर खुलासा गरेका छन्। उक्त स्मार्टवाचहरूमा एपल वाच सिरिज ९ को ४१एमएम र ४५एमएम भेरियन्टहरू समावेश रहेको र तेस्रो भने सेकेण्ड जेनेरेसन (दोस्रो पुस्ता) को एपल वाच अल्ट्रा रहेको उल्लेख छ।

यद्यपी कम्पनीले यस वर्ष वाच एसई ३ लाई स्किप गर्ने उल्लेख गरिएको छ। साथै एप्पलले हरेक दुई वर्षमा एसई डिभाइसहरू लन्च गर्ने परम्परा रहेको हुनाले यस वर्ष वाच एसई ३ नआउनुमा कुनै आश्चर्य मान्नु नपर्ने उल्लेख गरिएको छ। सन् २०२० मा डेब्यु गरेको वाच एसईको गत वर्ष आफ्नो उत्तराधिकारीको रुपमा दोस्रो पुस्ता आएको थियो। तसर्थ, तेस्रो पुस्ताको वाच एसई अर्को वर्ष आउने अपेक्षा गरिएको छ।

एप्पल वाचका आगामी उक्त तीन मोडलहरू नयाँ एस९ प्रोसेसरद्वारा संचालित हुने गुर्मनले उल्लेख गरेका छन्। साथै हालको पुस्ताको वाच सिरिज ८ को तुलनामा उक्त नयाँ मोडलहरूले उल्लेखनिय रुपमा पर्फमेन्स अपग्रेडहरू प्रदान गर्ने उल्लेख गरिएको छ। साथै उक्त पर्फमेन्स इम्प्रुभमेन्ट (कार्यसम्पादन सुधार) सिरिज ६ पछि पहिलो पटक एपल वाच सिरिज ९ र वाच अल्ट्रा २ मा गरिन लागिएको  गुर्मनले थप उल्लेख गरेका छन्।

त्यसैगरी एपल वाच अल्ट्रा २ डार्क (गाढा) टाइटेनियम रङ्गको विकल्पमा आइपुग्ने उल्लेख छ। कम्पनीले यसलाई गत वर्षको मोडलमा परीक्षण गरेको तर डिजाइनरहरूलाई यसको अपियरेन्स मन नपरेको हुनाले अन्ततः यसलाई स्किप गरिएको उल्लेख छ। साथै यस अघिको रिपोर्ट अनुसार सेकेण्ड-जेन अल्ट्रा यसको पूर्ववर्ती भन्दा हलुका हुने उल्लेख छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार