
काठमाडौं ।
विशाल अन्तरिक्ष ‘छाता’ले पृथ्वीलाई जलवायु संकटबाट जोगाउन सक्ने अध्ययनले देखाएको छ।
पृथ्वीलाई अत्यधिक सूर्यको किरणबाट जोगाउनका लागि क्षुद्रग्रहसँग जोडिएको विशाल ‘अन्तरिक्ष छाता ‘ लाई सौर्य ढालको रुपमा प्रयोग गर्ने नयाँ दृष्टिकोण वैज्ञानिकहरूले सैद्धान्तिक रूपमा प्रस्तुत गरेका हुन्। यसले विश्वव्यापी तापको प्रभाव कम गर्न मद्दत गर्ने उल्लेख छ।
युनिभर्सिटी अफ हवाई इन्स्टिच्युट फर एस्ट्रोनोमीका खगोलविद् इस्तभान साजापुडीले काउन्टरवेटको रूपमा उपयोग गरिएको क्षुद्रग्रहमा टाँसिएको सौर्य ढाललाई दशक भित्रमा जलवायु संकटलाई कम गर्नका लागि व्यावहारिक डिजाइनमा विकास गर्न सकिने बताएका छन्।
पृथ्वीको तीव्र तापक्रमसँगै विश्वभरका वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न विभिन्न नयाँ उपायहरू विकास गरिरहेका छन्।
पहिले नै विश्वव्यापी तापक्रम घटाउनका लागि प्रस्ताव गरिएको दृष्टिकोण मध्येको एक सौर्य ‘छाता ‘प्रयोग गरेर सूर्यको प्रकाशको एक अंशबाट पृथ्वीलाई छाया प्रदान गर्नु रहेको छ।
पिएनएस जर्नलमा भर्खरै प्रकाशित नयाँ अध्ययनमा, डा. स्जापुडीले कुल पिण्डलाई १०० गुणाभन्दा कम बनाउन ठूलो ढालको सट्टा टेथर्ड काउन्टरवेट प्रयोग गर्ने प्रस्ताव राखेका छन्।
अनुसन्धानको सिद्धान्तले कब्जा गरेको क्षुद्रग्रहलाई पृथ्वीबाट अधिकांश द्रव्यमान प्रक्षेपणबाट बच्न काउन्टरवेटको रूपमा प्रयोग गर्न सकिन्छ।
“हवाईमा, धेरैले दिनको समयमा हिंड्दा सूर्यको किरण रोक्न छाता प्रयोग गर्छन्। म सोचिरहेको थिए, के हामी पृथ्वीको लागि पनि त्यस्तै गर्न सक्छौं र यसरी जलवायु परिवर्तनको आसन्न प्रकोपलाई कम गर्न सक्छौं ?,” डा. स्जापुडीले भने ।
नयाँ अनुसन्धानले पृथ्वीमा सौर्य विकिरणको प्रभावलाई १.७ प्रतिशतले घटाउने लक्ष्य हासिल गर्न आवश्यक पर्ने यस्तो ‘छाता’ को प्रकार अनुमान गरिएको छ।
अध्ययनले सूर्य तिर टेथर्ड काउन्टरब्यालेन्स राख्नाले समग्र ढाल र काउन्टरवेटको तौल लगभग ३.५ मिलियन टनमा घटाउन सक्नेछ। अनटेदर गरिएको ढालको लागि अघिल्लो अनुमानभन्दा लगभग १०० गुणा हल्का हुने बताइएको छ।
यद्यपि, सबैभन्दा ठूलो रकेटले पनि लगभग ५० टन मात्रै पृथ्वीको तल्लो कक्षमा लैजान सक्ने भएकाले यो संख्या पृथ्वीबाट हालको अन्तरिक्ष प्रक्षेपण क्षमताभन्दा धेरै पर रहको उल्लेख छ।
तर एउटा क्षुद्रग्रहलाई काउन्टरवेटको रूपमा प्रयोग गरेर, तौलको केवल १ प्रतिशत लगभग ३५,००० टन पृथ्वीबाट प्रक्षेपण गर्न आवश्यक पर्ने ढाल रहेको अध्ययनले देखाएको छ। र नयाँ, हल्का सामग्रीको साथ, ढालको द्रव्यमान अझ घटाउन सकिने उल्लेख छ।
डा. स्जापुडीले यस्तो टेथर्ड संरचना हालको शिल्ड डिजाइनहरू भन्दा निर्माण र प्रयोग गर्न छिटो र सस्तो हुने बताए।
प्रकाशित: १७ श्रावण २०८०, बुधबार