बोशले ६५ मिलियन यूरो लगानीमा मलेसियामा चिप परीक्षण केन्द्र खोल्यो

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
बोशले ६५ मिलियन यूरो लगानीमा मलेसियामा चिप परीक्षण केन्द्र खोल्यो

काठमाडौं ।

रोबर्ट बोशले मलेसियामा ६५ मिलियन यूरोमा चिप्स र सेन्सरहरूको लागि नयाँ परीक्षण केन्द्र खोलेको छ। र अर्को दशकको मध्यसम्ममा थप २८५ मिलियन यूरो लगानी गर्ने योजना बनाएको जर्मन टेक्नोलोजी समूहले मंगलबार घोषणा गरेको रोयटर्सले उल्लेख गरेको छ।

परीक्षण केन्द्रले सन् २०३० को मध्यसम्ममा ४०० जनासम्म रोजगारी सिर्जना हुने कम्पनीले जानकारी दिएको छ।

बोशले हाल आफ्नो सेमीकन्डक्टरको अधिकांश अन्तिम परीक्षण जर्म सहर राउटलिंगन, सुझोउ र चीन तथा हंगेरीको फ्याक्ट्रीबाट गर्दै आइरहेको छ।

अब ती स्थानहरू पेनाङको नयाँ परीक्षण केन्द्रद्वारा जोडिनेछन्। यसका लागि बोशले मलेसियाबाट रकम प्राप्त गरिरहेको छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार