युक्रेनमा सैन्य प्रयोगका लागि स्टारलिंक इन्टरनेट सेवा बन्द

Technology Khabar १७ श्रावण २०८०, बुधबार

काठमाडौं ।

अर्बपति इलन मस्कले  युक्रेनमा सैन्य अप्रेसनका लागि आफ्नो स्टारलिंक इन्टरनेट  बन्द गरेका छन्।

युक्रेनमा मस्कले आफ्नो स्टारलिंक इन्टरनेट पहुँच धेरै पटक प्रतिबन्ध गरे पछी कीभको युद्धक्षेत्र रणनीतिलाई असर गरेको उल्लेख छ।

“विश्वको सबैभन्दा धनी व्यक्तिले रुससँग चलिरहेको युद्धको क्रममा क्राइमिया नजिकैको स्टारलिंक खोल्न युक्रेनी सेनाको अनुरोधलाई अस्वीकार गरे”,न्यु योर्क टाइम्सले यस विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै  रिपोर्ट गरेकाे छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि गरेकाे  अप्रत्याशित आक्रमण तथा साइबर आक्रमणले देशको इन्टरनेट अवरुद्ध भएको थियो। त्यसकाे केही दिन पछि टेस्लाका सीईओले युक्रेनलाई स्टारलिंक सेवा प्रदान गरेका थिए।

स्पेस एक्सको स्टारलिंकले पृथ्वीको परिक्रमा गर्ने अधिकांश उपग्रहहरू तैनाथ गर्दै आइरहेको छ। जसमध्ये ४ हजार भन्दा बढी तल्लो-पृथ्वी कक्षमा रहेका बताइएको  छ।

युद्ध पछि इन्टरनेट युक्रेनको सञ्चारमा अत्यावश्यक  रहेकाले मस्कको उपग्रह इन्टरनेट टेक्नोलोजी माथीको एकपक्षीय पकड अधिकारीहरूबीच चिन्ता विषय रहेकाे  रिपोर्टमा उल्लेख छ।

यस वर्षको फेब्रुअरीमा, स्पेसएक्सले युक्रेनको सेनालाई यस क्षेत्रमा ड्रोनहरू नियन्त्रण गर्न स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गर्नबाट रोक्नको लागि कदम चालेको घोषणा गरेको थियो ।

घोषणा पछि, युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले स्पेस एक्स ले रूस विरुद्धको युद्धमा एक पक्ष छान्नु पर्ने बताएका थिए।

युक्रेनी अधिकारीहरूले एकल स्रोत प्रविधिमा अत्यधिक निर्भरताको बारेमा चिन्ता व्यक्त गर्दै  अन्य उपग्रह इन्टरनेट प्रदायकहरूसँग वार्ता गरेपनि तिनीहरूले कुनै पनि प्रतिद्वन्द्वी स्टारलिंकको पहुँच स्वीकार नगरेका उल्लेख छ।

“स्टारलिंक साँच्चै अब हाम्रो सम्पूर्ण सञ्चार पूर्वाधारको रगत हो,” युक्रेनका डिजिटल मन्त्री मिखाइलो फेडोरोभले एनवाइटीलाई भने।

उनले भने, “स्टारलिंकले बचाउन मद्दत गरेको ठूलो संख्याको जीवन हजारौंमा मापन गर्न सकिन्छ,” फेडोरोभले थपे। “यो हाम्रो सफलताको आधारभूत तत्व मध्ये एक हो।”

मस्कले गत वर्ष सिस्टम जारी राख्न नसकेकालेअमेरिकालाई युक्रेनमा उनीहरूको इन्टरनेट सेवाहरूका लागि कोषको लागि आग्रह पनि गरे । सीएनएनद्वारा रिपोर्ट गरिएको स्पेसएक्स पत्र अनुसार, कम्पनीले १२ महिनामा लगभग अमेरिकी डलर ४०० मिलियनको लागत अनुमान गरेको छ।

युक्रेनी सरकारले प्रत्येकको लागि  २ हजार ५०० अमेरिकी डलर मासिक शुल्क तिर्न नसकेपछि बेलायती आपूर्तिकर्ता मार्फत खरिद गरिएका लगभग १ हजार ३०० स्टारलिंक टर्मिनलहरूले गत वर्ष काम गर्न छोडेका उल्लेख छ।

यसैबीच, रक्षा सचिव लोयड अस्टिनले जुनमा ४०० देखि ५०० ​​नयाँ स्टारलिंक टर्मिनलहरू तथा सेवाहरू किन्न पेन्टागन सम्झौतालाई अनुमोदन गरेको र पेन्टागनलाई सेटिङको नियन्त्रण प्रदान गर्ने बताइएकाे छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया