ग्रन्थको इलेक्ट्रिक स्कुटर किन्न चाहनेले डाउनपेमेन्ट बिनै कुमारी बैंकबाट कर्जा पाउने

  • Technology Khabar | १६ श्रावण २०८०, मंगलवार
ग्रन्थको इलेक्ट्रिक स्कुटर किन्न चाहनेले डाउनपेमेन्ट बिनै कुमारी बैंकबाट कर्जा पाउने

काठमाडौं ।

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडीमोर्टर्स) र कुमारी बैंकबीच कर्जा सम्झौता भएको छ। एफडीमोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा तीन लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी मंगलबार सम्झौता भएको हो।

सम्झौता अन्र्तगत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका शोरुमहरुबाट आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्तामा र इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन्। यदी कुनै ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्नेछन्।
एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। जसमा एफ फाइब को मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ र एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ तोकिएको छ। ।
एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विषेश विषेशताका कारण र सो विषेशताका बाबजुत किफायती मूल्यका कारण ग्राहकको रोजाईमा परेको कम्पनीको दाबी छ।

यस्ता छन् विषेशताहरु

साइड ड्राइभ मोटर (पीएमएसएम)

यस कम्पनीले आफ्नो मोटरमा पीएम एस एम साइड ड्राइभ मोटर ९एःक्ः क्ष्मभ म्चष्खभ ःयतयच० जडान गर्ने छ, यस किसिमको मोटमा धेरै ट्र्रक हुने हुदा नेपालको बाटो सुहाउदो हुने छ । साथै यो मोटर साइड ड्राइभ भएको हुदा मर्मत सम्भार गर्नु पर्दा अन्य इलेक्ट्रिक स्कुटरको जस्तो टायरनै निकाल्न पर्दैन । मर्मत सम्भार एकदमै सजीलो हुन्छ । साथै यस किसिमको मोटर प्रयोगले अन्य भन्दा बढि रेन्ज (माइलेज) समेत दिन्छ ।

ब्रेक रिजेनेरेसन

ब्रेक रिजेनेरिटिभ बिषेशता यस कम्पनीको इलेक्ट्रिक स्कुटरहरुमा पाइन्छ। यसले गर्दा एक्सीलीएटर दिइ सकेपछि मोटरले ब्याट्रि प्रयोग गरी सकेको हुन्छ। तल सोही बखत कुदाइरहेको समयमा ब्रेक लगाइन्छ र ब्रेक लगाउदा अगाडि एक्सीलीएटरबाट खर्च भएर खेर जाने ब्याट्रिलाई ब्रेक लगाउदा पुन सन्चिती गरिदिने गर्दछ। त्यसैले जाममा र अन्य समयमा ब्रेक लगाई राख्दा खेर जाने ब्याट्रि पुन सन्चिती हुने हुँदा रेन्ज (माइलेज) बढ्ने गर्दछ। यसलाई ब्रेक रिजेनेरेटिभ भनिन्छ। अझ ओरालोमा ९७ प्रतिशत ब्याट्रिबाट २० प्रतिशतसम्म आउदा ब्याट्रि चार्ज भई १० देखि १५ प्रतिशतसम्म बढ्ने गर्छ। हाल ब्रेक रिजेन भएको सफ्ट्वेर अपडेट नभएकाले ओडो मिटरमा भने देखाउदैन, तर ब्रेक रिजेन भने काम गरिरहेको हुन्छ।

क्यान बस कम्मुनिकेसन कन्ट्रोलर

इलेक्ट्रिक स्कुटरहरुमा विभिन्न किसीमको वाइरीङ्ग हुन्छ। विभिन्न वाइरीङ्गले एक आपसमा आफ्नो आफ्नो काम गरी रहेका हुन्छन्। कन्ट्रोलरहरु, नर्मल र क्यान बस भएको हुन्छ। नर्मल कन्ट्रोलर ले एक आपसमा सम्बन्ध बनाएका हुदैनन्, एक आपसमा भएको सुचना अर्कोमा पठाउदैनन्। तर क्यान बस भएको कन्ट्रोलरले सम्पुर्ण इलेक्ट्रिक स्कुटरमा भएको सुचना एकै ठाउमा एक कठ्ठा संचित गरेर सम्पुर्ण पार्ट पुर्जा हरुको सुचना हरबहत आफ्नो अधिनमा राखेका हुन्छन्। हामीले एक्सीलीएटर दिँदा कति स्पिडमा कुदाउने गरी आदेश आयको छ। त्यो हेरेर मोटरमा सुचना पठाउने, मोटरलाइ सोही अनुसारको ब्याट्रि बाट चाहिने उर्जा लिन लगाउने, ब्याट्रिलाई पनि मोटरले माग गरेको उर्जा पठाउन लगाउने र त्यस अनुसारको नभएमा तुरुन्तै फलो अप गरी काम अगाडि बडाउने काम क्यान बसले गर्दछ। यदि कुनै स्कुटर चलेन भने त्यसको बिभिन्न कारण हरु हुन्छन्। जस्तै मोटरमा खराबी हुन सक्छ, व्याट्रिमा खराबी हुन सक्छ, वाइरीङ्गमा खराबी हुन सक्छ, त्यस्तै अन्य कुरामा खराबी हुन सक्छ, त्यसैले क्यान बस कम्युनीकेसनले संचित गरेर सुचना राख्ने हुदा, उस्ले खराबी के हो अगाडिनै डिस्प्ले गराइदिन्छ। अब समयको पनी बचत भयो र मर्मत गर्ने बेला के खराबी भएको हो भन्दै खराबी नभएको पार्टस्मा हेर्न पनि परेन।

टायर साइज

१६ इन्च अगाडि र १४ इन्च पछाडि पट्टीको रहेको छ। यसले गर्दा रोडमा ठोकिदैन। अली अग्लो र चलाउदा आरामदायी हुने हुन्छ। ग्राउण्ड क्लियरेन्स २०० एमएम भएकाले बाटोमा ठोकिने समस्या यस कम्पनीको स्कुटरहरुमा हुँदैन। २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो रहेको छ।

लिथियम फेरो फोस्फेट ब्याट्रि

ब्याट्रि विशेषगरी प्रकारको हुन्छ। लिथियम आयन (यसलाई एन एम सी भनीन्छ), लिथियम फेरो फोस्फेट (यसलाई एल एफ पि भनिन्छ) र लिड एसिड । यस मध्ये सबै भन्दा राम्रो लिथियम फेरो फोस्फेट हो, (यसलाई एल एफ पि भन्छ)। यसमा २ हजार साइकल हुन्छ, त्यो भनेको २० प्रतिशतबाट १०० प्रतिशत हुँदा एक साइकल मानिन्छ। यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २ हजार दिन सम्म चल्छ, त्यो भनेको ५.४७ वर्ष हो, यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ।

प्रकाशित: १६ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार