
काठमाडौं ।
काउन्टरपोइन्टको नयाँ विश्लेषण अनुसार भारतीय स्मार्टफोन बजारको गिरावट अन्त्य हुन सक्ने देखाएको छ।
२०२३ को पहिलो क्वाटरको तुलनामा समग्र ढुवानी दोस्रो क्वाटरमा तीन प्रतिशतले घटेको छ। यो विश्लेषकहरूले अपेक्षा गरेको भन्दा कम हो।
काउन्टरपोइन्ट अनुसन्धानकर्ताहरूले बजारको अवस्था सुधार र घट्दो मुद्रास्फीतिले बिक्रीमा राम्रो प्रभाव पारेको विश्वास गरेको प्रिमियम स्मार्टफोन सेग्मेन्ट भने गत वर्षको सोही अवधिको तुलनामा ११२ प्रतिशतले बढेको छ। यस्तो भारतीय स्मार्टफोन बजार विस्तारै महँगै स्मार्टफोन तर्फ आकर्षित हुँदै गएको विश्वास गर्न सकिन्छ।
२०२३ को पहिलो क्वाटरमा १८ प्रतिशत बजार सेयरका साथ सामसङ भारतमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन बनेको छ।
भिभो १७ प्रतिशत, शाओमी १५ प्रतिशत, रियलमी १२ प्रतिशत र ओप्पो ११ प्रतिशत बजार सेयरसहित क्रमश दोस्रोदेखि पाँचौ स्थानमा रहेका छन्। अन्य ब्राण्डको बजार हिस्सा २६ प्रतिशत छ।

प्रिमियम सेगमेन्टमा सामसङले एप्पललाई पछ्याइरहेको छ। सामसङको फोल्डेबल, ग्यालेक्सी एस२२ लाइनअप र एस२१ एफएफले भारतीय उपभोक्तालाई आकर्षित गरिरहेको छ। ४५ हजार भारु भन्दा माथिको अल्ट्रा प्रिमियम बजारमा ५९ बजार सेयर सहित एप्पल पहिलो स्थानमा छ। अब छिट्टै एप्पल भारतको शीर्ष ५ कम्पनी भित्रमा पर्ने विश्वास गरिएको छ।
प्रकाशित: १६ श्रावण २०८०, मंगलवार