ह्वावे मेट एक्स३ प्रो फाइभजी चाँडै लन्च हुने

  • Technology Khabar | १६ श्रावण २०८०, मंगलवार
ह्वावे मेट एक्स३ प्रो फाइभजी चाँडै लन्च हुने

काठमाडौं ।

ह्वावेले आगामी अगस्ट ४ मा आफ्नो “२०२३ ह्वावे डेभ्लपर्स कन्फरेन्स” (एचडीसी) आयोजना गर्दैछ। उक्त कार्यक्रममा हारमोनी ओएस ४.० को आगमन देख्न पाइने छ।

साथै कम्पनीले सोही कार्यक्रममा नयाँ मेट–ब्रान्डेड फोनहरू पनि अनावरण गर्न सक्ने अनुमानहरू व्याप्त रहेका छन्। भर्खरैको नयाँ लीकमा एक चिनियाँ टिपस्टरले उक्त आगामी डिभाइसहरूको नाम खुलाएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

ह्वावे मेट एक्स३ प्रोले फाइभजी कनेक्टिभिटी समर्थन गर्ने

लीकको आधारमा ह्वावेले ह्वावे मेट ६० फोरजी, मेट ६० फाइभजी र मेट एक्स३ प्रो फाइभजी जस्ता तीन ओटा नयाँ डिभाइसाहरू रिलिज गर्न सक्ने सम्भावना देखिएको छ। साथै अफवाहले मेट ६० मोडलहरूको बारेमा केही विवरणहरू लीक गरेको भएतापनि मेट एक्स३ प्रोको बारेमा भने जानकारी प्रस्तुत गर्न बाँकी नै रहेको उल्लेख छ।

ह्वावे मेट एक्स३ प्रो फाइभजीले फाइभजी कनेक्टिभिटी लाई समर्थन गर्नेछ भन्ने बाहेक अन्य थप जानकारीको बारेमा थाहा नभएको उल्लेख छ। यस वर्षको पहिलो आधा भागमा घोषणा गरिएको मेट फोल्डेबल फोन एक फोरजी उपकरण भएको फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ समावेश गरिएको थियो। मेट एक्स३ प्रोमा भने नयाँ स्न्यापड्र्यागन ८ जेन २ चिपसेट समावेश गरिएको छ कि छैन भनेर हेर्न बाँकी नै छ।

मेट एक्स३ प्रो मोनिकरले सुझाव दिए अनुसार यो मेट एक्स३ को अपडेटेड संस्करण हुनेछ। मेट एक्स३ २३९ ग्राम तौल भएको लाईटवेट (एक हलुको) फोल्डेबल फोन भएको र एपल आईफोन १४ प्रो म्याक्स भन्दा पनि पातलो र हलुका हुनेछ।

मेट एक्स३ प्रो भर्खरै घोषणा गरिएका फोल्डेबल फोनहरू जस्तै सामसङ ग्यालेक्सी जेड फोल्ड ५, अनर म्याजिक भी२ र भिभो एक्स फोल्ड २ सँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। साथै यस फोनले यस वर्षको अगस्टमा लन्च हुने अपेक्षा गरिएको ओप्पो फाइन्ड एन३ र शाओमी मिक्स फोल्ड ३ जस्ता आगामी फोल्डेबलहरूसँग पनि प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: १६ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार