पहिलो क्वाटरमा पानासोनिकको नाफा ४२ प्रतिशतले बढेर ६३६ मिलियन डलर

  • Technology Khabar | १६ श्रावण २०८०, मंगलवार
पहिलो क्वाटरमा पानासोनिकको नाफा ४२ प्रतिशतले बढेर ६३६ मिलियन डलर

काठमाडौं ।

जापानको इलेक्ट्रोनिक कम्पनी पानासोनिकले २०२३ को पहिलो क्वाटरमा उल्लेखनिय नाफा आर्जन गरेको छ। पहिलो क्वाटरमा कम्पनीको नाफा ४२ प्रतिशतले बढेर ६३६ मिलियन अमेरिकी डलर पुगेको छ।

अटोमोटिभ र इनर्जी सेग्मेन्टमा बलियो बिक्री तथा जापानी येन कमजोर हुँदा कम्पनीले राम्रो नाफा गरेको रोयटर्सले उल्लेख गरेको छ।

पानासोनिकले टेस्लाका लागि ब्याट्री आपूर्ति गर्दै आइरहेको छ।

कम्पनीको ब्याट्री यूनिक पानासोनिक र सुबारुले इलेक्ट्रिक सवारीका लागि ब्याट्री आपूर्ति साझेदारी स्थापित गर्नका लागि वार्ता सुरु गरेका छन्। उक्त साझेदारीबाट जापानी अटोमेकरका लागि सिलिन्ड्रिकल लिथियम आयन ब्याट्री निर्माण गरिनेछ।

पानासोनिकको उत्पादन उपभोक्ता इलेक्ट्रोनिक्स र डेलिभरी रोबोटसहित सेन्सिङ क्यामरा, सेल्फ चेकआउट सिस्टमसम्म रहेको छ।
गत महिना पानासोनिक ब्याट्री आर्मका प्रमुख टेक्नोलोजी अधिकारीले २०३१ सम्म ईभी ब्याट्रीको वार्षिक क्षमता तीब्र वृद्धिको लक्ष्यसम्म पुग्नका लागि चार नयाँ फ्याक्ट्री आवश्यक पर्ने बताएका थिए।

प्रकाशित: १६ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...