फोनपे अभियानको विजेता पुरस्कृत, विद्युत प्राधिकरणका एमडिद्वारा सम्मान

  • Technology Khabar | १५ श्रावण २०८०, सोमबार
फोनपे अभियानको विजेता पुरस्कृत, विद्युत प्राधिकरणका एमडिद्वारा सम्मान

काठमाडौं ।

नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक, फोनपे ले ‘फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आईफोन १३ जित्ने हो’ नामक योजना अन्तर्गत, एक भाग्यशाली बिजेता को घोषणा गरेको छ।

उक्त योजना गत जेष्ठ महिना भरि लागू गरिएको थियो ।योजनाले हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता रहेको कम्पनीले बताएको छ।

यस योजनामा आफ्नो सहभागिता जनाउन, ग्राहकहरुले तोकिएको अबधि भर, बिजुली को बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपे को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको थियो।

काठमाडौँ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा साउन ११ गते , यस योजनाका भाग्यशाली बिजेता अनुप सिकर्मीलाई आईफोन १३ हस्तान्तरण गरिएको जानकारी दिएको छ।

उपहार हस्तान्तरण विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गद्वारा भएको थियो। ‘भुक्तानीका विभिन्न बिधुतिय माध्यमहरुले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ। पछिल्ला दिनहरुमा यस्ता प्रबिधिहरुले सबैको समय बचाउनुको साथ साथै अन्य धेरै सहुलियत प्रदान गर्दै आएको छ। म नेपाल विधुत प्राधिकरणका सम्पूर्ण ग्राहकहरु माझ बिजुलीको शुल्क तिर्दा बिधुतिय भुक्तानीका माध्यमहरु प्रयोग गर्न आग्रह गर्दछु। कुलमान घिसिंगले भने।

फोनपे का प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले पनि आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

प्रकाशित: १५ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार