Technology Khabar १५ श्रावण २०८०, सोमबार
काठमाडौं ।
दोलखाको सदरमुकाम चरीकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले ई-रिसोर्सेस सेवा उपलब्ध गराएको छ।
यस क्याम्पसका प्राध्यापक र विद्यार्थीले ई-लाइब्रेरीमार्फत निःशुल्क रूपमा अध्ययन गर्न पाउने गरी त्रिवि केन्द्रीय पुस्तकालय कीर्तिपुर र गौरीशङ्कर बहुतुत्वी क्न्याम्पसबिच समझदारी भएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिए।
उनकाअनुसार देशभित्र प्रकाशित भएका प्रानिक लेखरचना र पुस्तक तथा विदेशमा प्रकाशित भएका लेखरचना तथा पुस्तक ई- लाइब्रेरीमार्फत अध्ययन गर्न सक्ने गरी त्रिवि केन्द्रीय पुस्तकालयसँग समझदारी भएको हो। यो सेवा साउन १२ देखि लागु भई एक वर्ष रहने समझदारीपत्रमा उल्लेख छ।
यस क्याम्पसमा कार्यरत एक सय जना प्राध्यापक तथा अध्ययनरत विद्यार्थीले क्याम्पसको पुस्तकालयमा बसेर यो सुविधा प्रयोग गर्न सक्ने छन्। गोरखापत्रबाट
प्रकाशित: १५ श्रावण २०८०, सोमबार