Technology Khabar १४ श्रावण २०८०, आईतवार
काठमाडौं ।
काठमाडौ विश्वविद्यालयले नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वत: रोजगारी कार्यक्रम सार्वजनिक गरेसँगै हाल नेपालमा थप रोजगारी सृजना तथा आर्थिक विकासका लागि स्व: रोजगारी र व्यवसाय विकासका लागि काठमाडौं विश्वविद्यालयले बिजनेश इन्क्युबेशन सेन्टर संचालन गरिरहेको छ।
उक्त सेन्टरमार्फत विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोतसाहन एवं सहयोग गर्ने योजना बनाएको छ। यस अन्तर्गत विश्वविद्यालयमा अध्यननरत विद्यार्थीहरुबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना विश्वविद्यालयको रहेको डा. विजय थापाले जानकारी दिए। सोही कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड सहयोग रुपैयाँ प्राप्त भएको उनले बताए।
काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले उर्जासँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ भने एक करोडको अक्षय कोष स्थापना गरेको छ।
विश्वविद्यालयबाट नविनतम सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरि आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ। आर्थिक सहयोग मात्र नभइ प्राविधिक र व्यवस्थापन सम्बन्धी परामर्श निशुल्क रुपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ।
त्यस्तै काठमाडौं विश्वविद्यालय अन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोवेशन सेन्टरको पनि स्थापना भएको छ। सो सेन्टरमा अत्याधुनिक उपकरणहरु पनि रहेका छन्। अनुसन्धान गरी व्यापारीकरण सम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने बताईएको छ।
थापाकाअनुसार यस कार्यक्रमलाई दिर्घकालीन बनाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनी “नलेज युटिलाइजेशन, इन्क्युबेशन एण्ड इनोभेशन सेन्टर (KUIIC) को पनि स्थापना गरेको छ। विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पुनः नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ। यस कम्पनीले लगानी का साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ। यस कम्पनीले थप लगानीका लागि लगानीकर्तासँग जोड्न पनि सहयोग गर्नेछ। 
काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मै विजनेश इन्क्यूबेशन सेन्टरको स्थापना भएको थियो। देशकै शैक्षिक संस्थामा पहिलो यस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० ओटा नविन्तम सोचहरुलाई व्यापारका रुपमा परिणत गरेको थियो । काठमाडौं विश्वविद्यालयले आन्तरिक स्रोतबाट संचालन गरेको सो सेन्टर हाल काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले संचालन गर्दै आएको जनाएको छ।
प्रकाशित: १४ श्रावण २०८०, आईतवार